ज्योतिष शास्त्रका अनुसार कोठीले पनि हाम्रो स्वभाव र भविष्यलाई प्रभावित गर्छ । शरिरको फरक-फरक ठाउँमा भएका कोठीले फरक-फरक प्रभावलाई प्रतिनिधित्व गर्छ ।
ज्योतिष् शास्त्रका अनुसार पुरूषको दायाँ अंगमा कोठी हुनु शुभ मानिन्छ भने बायाँ अंगमा कोठी हुनु अशुभ मानिन्छ । यसको ठिक विपरित महिलाहरुमा बायाँ अंगमा कोठी हुनु राम्रो मानिन्छ त दायाँमा हुनु नराम्रो ।
यदी कुनै व्यक्तिको हातका औलामा कोठी हुनुले पनि फरक-फरक प्रभाव पार्छ । यदी कुनै मानिसको बुढी औलामा कोठी हुने मानिस न्यायप्रिय, कार्यकुशल तथा व्यवहारीक हुन्छ । यस्तै चोर औलामा कोठी हुने मानिस गुणवान, विद्यावान र धनवान हुन्छ तर उ प्राय शत्रुबाट पिडित हुन्छ ।
माझी औलामा कोठी हुने मानिसहरूको जीवन प्राय शान्तिपूर्ण तथा सुखी हुन्छ । यस्तै साइली औलामा कोठी हुने मानिसहरू पराक्रमी, ज्ञानी, यशस्वी तथा धनी हुने गर्छन् र कान्छी औलामा कोठी हुने मानिसहरू सम्पतिले पूर्ण भएपनि जीवन भने दुखमय हुन्छ ।
