शव जलाएपछि बाटो खुल्यो



स्वतन्त्रतर्फ पूर्व सभासद् सदरुल मियाँ हकको शव चार दिनपछि शुक्रवार सप्तरीको कल्याणपुरमा मुस्लिम धर्मानुसार अन्त्येष्टी गरिएको छ । हत्या गरिएका हकका समर्थकहरुको माग पुरा गर्ने आश्वासनपछि हकको अन्त्येष्टी गरिएको हो । गृहमन्त्री माधव घिमिरे घटनास्थल पुगेर माग पूरा गर्ने आश्वासन दिएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रवार बिहान ८ बजे राजविराज आएका घिमिरेले कल्याणपुरस्तिथ पूर्व पश्चिम राजमार्ग खण्डमै तीन दिनदेखि राखिएका पूर्व सभासद्को हकको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतक परिवारजनसित भेट्दै गृहमन्त्री घिमिरेले हकका हत्यारालाई पक्राउ गर्न सरकार गम्भिर रहेको बताए ।
चार दिनअघि सप्तरीको कल्याणपुरस्थित आफ्नै पेट्रोल पम्पमा अज्ञात समूहद्वारा हकको हत्या गरिएको थियो । त्यसपछि आन्दोलित भएकाहरुले पूर्व सभासद् हकलाई सहिद घोषणा गर्नुपर्ने, राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टी गर्नुपर्ने, मुस्लिम गठबन्धसँग सरकारले गरेको सहमतिका बुँदाहरु कार्यान्वयन हुनुपर्ने सहितका आठ बुँदै माग राख्दै सडकमै हकको शव राखेर लगतार प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले गृहमन्त्री स्वयं घटनास्थल नआएसम्म मृतक हकको शव सडकबाट नहटाउने अडानमा थिए ।
घिमिरेले आन्दोलनकारीसँग वार्ता गरी मुस्लिम अगुवा नेताहरुलाई विशेष सुरक्षाको ब्यवस्था गर्ने, मुस्लिम गठबन्धसित विगतमा सरकारसित भएको वार्ताका सहमतिहरु कार्यान्वयन गराउने, पूर्व सभासद् हकको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरी कारबाही गर्ने सहितका मागहरु पूरा गराउने आश्वासन दिएका छन् ।
वार्तामा भएको सहमतीपछि राजमार्ग बन्दको कार्यक्रम फिर्ता लिएको छ । उनले माग पूरा नभएसम्म बन्दबाहेकका अन्य संघर्षका कार्यक्रमहरु यथावतै रहने जनाइएको छ । पूर्व सभासद हकको हत्यारालाई पक्राउ गर्न सीआईबीको टोली, जिल्लास्थित सुरक्षा निकायहरु लागि परेपनि हत्याको चार दिन बित्दा पनि अझै कारण र हत्यारा पक्राउ पर्न सकेको छैन ।
जेठ ११


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>