महेन्द्रनगरमा भुतको आक्रमण



सुनसरीको महेन्द्रनगर–४ मा भुतको हल्लाले गाउँ आतंकित भएको छ । स्थानीय पदम माझीको घरमा बिरालो आकारमा भुत देखिएको भन्दै बजार हल्ला चलेपछि अन्य वरीपरीका वासिन्दाहरु पनि त्रस्त बनेका छन् । भूतले स्थानिय केही व्यक्तिमाथि साँघातिक आक्रमण गरेको स्थानियको भनाई छ ।
यता इलाका प्रहरी कार्यालय महेन्द्रनरले भने यस्ता हल्ला निराधार भएको प्रष्टाएको छ । यस्ता हल्लाका पछि नलाग्नसमेत प्रहरीको आग्रह छ ।
भूतको कारण त्रस्त स्थानियहरुले धामी झाँक्रीहरुलाई देखाएपछि अहिले समस्या मत्थर भएको बताइएको छ । समस्याको दीर्घकालिन समाधानको लागि पुराण लगाउने तयारी थालिएको छ ।
भुतको हल्लालाई स्थानियले नै हल्ला मात्र भएको बताएका छन् । धामी लगाउँदा एक दुई जनाले भनेको भए पत्याउन्नथेँ, तर घरैपिच्छे भनेपछि अन्यौलमा परेको छु । भुतको चर्चा सुनेर सोही ठाउँमा पाहुना लाग्न आइपुगेका एक युवकले बताए ।
तर आक्रमणमा परेको बताउनेहरुले भने सानो दुई वटा हात देखिने र घाँटी समाउने, सुत्नै नदिने गरेर तर्साउनले गरेको दावी गरे ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>