सालको गोलिया काठ बरामद
Posted by
purwanews
Published on
Sunday, May 26, 2013
झापा जिल्लाको सतासीधाम ९ र इलाम जिल्लाको चुलाचुली १ बाट जेष्ठ १० गते सशस्त्र प्रहरी टोली र स्थानीय वन कार्यालयका कर्मचारीले करीब दुई सय ८५ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।
करीब पाँच लाख ७० हजार रुपैयाँ बराबरको उक्त काठ सशस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
सो ठाउँमा लुकाई राखेको अवस्थामा उक्त काठ बरामद गरिएको हो । बरामद काठ आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>
