लागूऔषधसहित दुई जनालाई पक्राउ
Posted by
purwanews
Published on
Thursday, May 23, 2013
सशस्त्र प्रहरी बल निलबाराही गण बलम्बुबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले काठमाडौंको नागढुंगाबाट जेष्ठ ७ गते राति विभिन्न खालको
लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका ३ वस्ने अम्मर सेस र सोही उपमहानगरपालिका १९ वस्ने दवन प्रधान रहेका छन् ।
उनीहरुलाई डाईजापाम दुई सय वटा र न्युरोफिन २८ वटासहित पक्राउ गरिएको हो ।टोलीले सवारी साधनमा जाँच गर्नेक्रममा ना.३ ख ८११७ नम्बरको यात्रुबाहक वसमा लुकाई छिपाई ल्याँउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक करावाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>
