गुण्डागर्दी अन्त्य गर्न माग
Posted by
purwanews
Published on
Thursday, May 23, 2013
इटहरीका युवा सूर्य राईबाट आफूहरु पिडित बनेको र अहिले जेलमा रहेका राई राजनितिक संरक्षणका कारण चाडै छुट्न लागेकाले उनलाई अझै कार्बाहि हुनुपर्ने बताए । राईद्वारा पाँच बर्षअघि हात काटिएका इटहरीका नागेश लिम्बु, एक बर्षअघि अपहरणमा परेको दावी गर्ने दुर्गा अधिकारी लगायतले पत्रकार सम्मेलन गरि राजनितिक आडमा भएको गुण्डागर्दिबाट आफूहरु पिडित बनेको बताए ।
यस्तै झापा महाभाराका लिलाबहादुर लिम्बुले ६ वर्षअघि काठमाडौंमा मारिएका आफ्ना भान्जा नगेन्द्र लिम्बुलाई राईको इसारामा मारिएको हुनसक्ने बताए । आरोपित राई डेढ महिना अघि पक्राउ परी जेलमा छन् ।
इटहरीमा प्रहरी सक्रियतापछि गुण्डागर्दी कम भएपनि राजनीतिको आडमा गरिने गुण्डागर्दी र अपराध भने बढिरहेको छ ।
सुनसरी, जेठ ९
प्रतिक्रिया दिनुहोस् >>
