सिस्नुको पाउडरबाट लाखौंको आम्दानी



गरिबले खाने तरकारी भनिने सिस्नु काभ्रेका किसानका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ । उच्च रक्तचाप, मधुमेह रोगका बिरामीलाई अचुक औषधि हुने भएपछि काभ्रेका किसानले यसबाट वार्षिक लाखौं आम्दानी गरेका छन् । सहरमा सिस्नुको अत्याधिक माग भएपछि किसान सिस्नुलाई आ
म्दानीको प्रमुख स्रोत बनाउन कस्सिएका हुन् ।
गर्मी मौसममा होस् या जाडोमा र वर्षात्मा जुनसुकै समय र भौगोलिक परिवेशमा पाइने सिस्नु संकलन गरी काभ्रेका किसानले लाखौं कमाइ गरेर देखाइदिएका छन् । कसैको आँखामा पर्न नसकेको सिस्नुलाई प्रयोगमा ल्याएर काभ्रेका किसानले मनग्य आम्दानी लिन थालेपछि सिस्नुप्रति किसानको आकर्षण बढेको हो । भीरपाखा र बारीमा, कान्लामा उम्रने सिस्नुलाई पाउडर बनाउने तरिका सिकेर त्यसलाई प्रयोगमा ल्याउँदा किसानले राहतको महसुस गरेका छन् । गाउँघरमा जहाँतहीं उम्रने सिस्नुको पाउडर बेचेर काभ्रेका एक कृषकले वार्षिक ४ लाख २० हजार कमाएका छन् ।
त्यसबाट गाउँका किसानले पनि आम्दानी जुटाउने स्रोतका रूपमा सिस्नुलाई लिन थालेका छन् । काभ्रे ढुंखर्क–७ का गोपालप्रसाद तिमल्सिनाले सिस्नुबाट ४ लाख रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् । उनले आपूm मात्रै नभएर सिस्नु टिपेर ल्याउने छिमेकीलाई प्रतिकिलो ३५ रुपैयाँ दिन थालेपछि मेलापातमा जाँदासमेत सिस्नु टिप्ने बढेका छन् । गाउँलेले घाँस, मेलापात र गोठालो जाँदा सिस्नुको मुन्टा टिपेर ल्याइदिने गरेकाले आपूmलाई सजिलो भएको गोपालप्रसाद तिमल्सिना बताउछन ।२०६६ सालबाट उनले लघुउद्यम विकास कार्यक्रमअन्तर्गत सिस्नुको पाउडर बनाउने तालिम लिएपछि करिब ४० हजारको लगानी गरेरव्यावसायिक रूपमा लागेको गोपालले बताए । उनले सिस्नु प्रशोधनमा श्रीमतीसँगै ६ जनालाई रोजगारीको अवसर दिएका छन् ।
महिनामा करिब ५० किलो सिस्नुको पाउडर उत्पादन गर्ने उनले प्रतिकिलो सिस्नु ७ सयमा बेच्ने गरेको बताए । उनले उत्पादन गरेको सिस्नुको माग काभे्रे र काठमाडौंमा मात्र नभएर चितवन र पोखरासम्म पनि जाने गरेको छ । अन्न नभएको बेलामा एक मात्र खाद्य वस्तुको रूपमा गरिबहरूले प्रयोग गर्ने सिस्नुको पाउडरलाई सरकारले आम्दानीको स्रोतका रूपमा अन्य देशमा प्रवद्र्धन गर्ने हो भने उनीहरूको गरिबी हटाउनसमेत मद्दत पुग्ने गोपालप्रसादको भनाइ छ।  । सिस्नु सेवनले उच्च रक्तचाप, मधुमेहजस्ता रोगलाई नियन्त्रण गर्ने भएकाले अहिले यसको प्रयोग गर्ने बढिरहेको  छ ।
 उनले सिस्नुको पाउडर बनाउन थालेपछि उनको यो प्रविधि सिक्न चाहनेहरूसमेत बढेका छन् । आपूmसँग सिक्न चाहनेहरूलाई आपूmले सातदिने तालिम नै दिने गरेको  उनले बताए । हालसम्म सिस्नुको पाउडर उत्पादनसम्बन्धी तालिम उनले १ सयजनाभन्दा बढीलाई दिइसकेका छन् ।
ग्रामीण भेगका व्यक्तिलाई यसको उत्पादनसम्बन्धी तालिम दिँदा आपूmले समेत अब कमाउन सक्छौं भन्दै धेरै खुसी हुने गरेको उनले बताए । गाउँको उत्पादन कसरी आम्दानीको स्रोत बनाउन सकिन्छ भन्नेबारे सहर बजार जाँदा आपूmले अनुसन्धान गर्ने गरेको बताउने गोपाल गुराँस, बेल, अमला, आलुपखडा, अदुवाको सर्वत तथा जामसमेत बनाएर बेच्ने गरेका छन् । नयाँ–नयाँ उद्यमशीलतासम्बन्धी अनुसन्धान तथा प्रवद्र्धन गरेबापत २०६७ मा राष्ट्रिय उद्यमी पुरस्कार पाएका थिए ।   यस वर्ष ऐंसेलुको सर्वतसमेत उत्पादन गर्ने योजना बनाएको उनले  बताए ।
by Rajendra Devkota

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>