नानीहरुको रंगमञ्च सुरु : अविभावक र शिक्षक बने दर्शक
गर्मीको समयमा उकुसमुकुस हुने हल, तर पनि सहभागिहरुको संख्या कार्यक्रम सुरु भइसक्दा समेत बढेको बढ्यै थियो । राख्ने कुर्सी नपुगेर कतिले उभिएरै सहभागि हुने जमर्को समेत गरे, इटहरीमा सुरु भएको स्कुल थिएटरमा ।
बालबालिकाहरुलाई कला क्षेत्रमा सक्रिय बनाउन तीन वर्षदेखि नियमित रुपमा आयोजना गरिएको स्कुल थिएटरको तेस्रो संस्करण सुनसरीको इटहरीमा शनिबारदेखि सुरु भएको छ । कलालय इटहरीले आयोजना गरेको कार्यक्रमको उद्घाटन साहित्यकार प्राडा अभि सुवेदी, नाट्य क्षेत्रका प्राध्यापक डा. शिव रिजाल र कलाकार निर्देशक सुनिल पोख्रेलले गरेका हुन् ।
आइतबारसम्म चल्ने थिएटर मा इटहरीका विभिन्न विद्यालयका ७६ जना बालबालिकाहरु सहभागी छन् भने नाटकको निर्देशन समेत बालबालिकाहरुले नै गरेको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए । स्कुल थिएटरमा प्रा डा अभि सुवेदी, डा शिव रिजालका नाटक साथै कृष्ण धरावासीको झोला कथालाई समेत बालबालिकाहरुले प्रस्तुत गर्दैछन् ।
कलालयले यस अघि अग्रज कलाकारहरुलाई अभिनय गराएर ती दिन र महिलाहरुलाई अभिनयमा उतालेर होम थिएटर गरिसकेको छ । यी तीन वटै कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएका हुन् ।
एक महिनाको कार्याशालाबाट खारिएका बालबालिकाहरुको अभिनयले स्कुल थिएटरमार्फत् नेपाली रंगमञ्चको शिर उँचो भएको प्राध्यापक डाक्टर सुवेदी, रिजाल र पोख्रेलले प्रतिक्रिया दिएका छन् ।
तेस्रो पटक प्रा. डा. अभि सुवेदी स्कुल थिएटरमा
साहित्यकार प्राध्यापक डा. सुवेदी स्कुल थिएटरको तीन वटै शृंखलामा सहभागि छन् । स्कुल थिएटरले लोभ्याउने हुँदा आफू सधै उपस्थित हुने गरेको उनले बताए । भन्छन्, "स्कुल थिएटर भन्ने बित्तिकै इटहरी जाउँ जाउँ लाग्छ ।"
अविभावकले हेर्दै छोराछोरीको अभिनय
कार्यक्रममा कलाप्रेमीका साथै बालबालिकाका अविभावक तथा विद्यालयका शिक्षकहरु समेत आफ्ना बालबालिकाको अभिनय हेर्न आइपुगेका थिए । स्कुल थिएटरको कार्याशाला र नाटक प्रदर्शनीले आफ्ना छोराछोरीको प्रतिभा र व्यक्तित्व विकास गरेकोले स्कुल थिएटरको कार्याशालामा सहभागि गराउने गरेको प्रतिक्रिया दिएका छन् ।
गीतीसंग्रह विमोचन
कार्यक्रमका अवसरमा गीतकार तथा साहित्यकार गायत्री लम्सालको गीतिसंग्रह आकाश हेर्दै दोवाटोमा को लोर्कापण समेत गरिएको थियो ।
विमोचनपछि लम्सालले गीतीसंग्रहमा संग्रहीत चित्त दुःखायौ कि कसो बोलको गीत समेत गाएका थिए ।
सुनसरी, ४ जेठ
कार्यक्रम अवधिभर तस्वीरहरु यसै पेजमा अपडेट भइरहनेछन् ।
प्रतिक्रिया दिनुहोस् >>
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)