महतो अनसनमा


काठमाडौ, जेष्ठ १० - सरकराले तत्काल निर्वाचनको तिथी घोषणा लगायत १० बुँदे माग राखेर आमरण अनसनमा बसेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अनसन बिथोलेको छ । अनसनको चौथो दिन शुक्रबार प्रहरीले उनलाई अनसनस्थल रत्नपार्कको शान्ति वाटिकाबाट जर्वजस्ती हटाएको हो ।
मंगलबार अपरान्हदेखि अनसन बसेका महतोको स्वास्थ्य कमजोर हुँदै गएको थियो । ठूलो संख्यामा आएको प्रहरीले उनलाई नजिकैको वीर अस्पताल पुर्याएको छ । आकस्मिक कक्षमा राखिएका महातोलाई चिकित्सकले स्लाईन चढाउने तयारी गरेको छ ।
महतोका प्रेस सहयोगी निमेष कर्णका अनुसार अपरान्ह  प्रहरीले हस्तक्षेप गरेर जर्बजस्ती गरेको हो । त्यसक्रममा भएको झडपमा पार्टी महासचिव मनिषकुमार सुमन, केन्द्रीय सदस्यहरु अर्जुन उप्रेति र उपेन्द्र महतो लगायतका नेता कार्यकर्ता सामान्य घाइते पनि भएको कर्णले जानकारी दिए । सरकारले माग पूरा गर्नुको साटो शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर कायरतापूर्ण कार्य गरेको भन्दै सदभावना पार्टीले बिरोध जनाएको छ । पार्टी महासचिव सुमनद्वारा जारी विज्ञप्तीमा लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउने हकलाई सरकारले कुण्ठित गरेको भनिएको छ । jestha 10

८४ नेतासहित महतो आफै अनसनमा बस्ने
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका १० बुँदे मागप्रति सरकारले सुनाई नगरेको भन्दै आइतबारदेखि काठमाडौंमा आफै आमरण अनसन बस्ने घोषणा गरेका छन् ।
उनले सरकार जिम्मेवारीबाट पञ्छिएको आरोप लगाउँदै आमरण अनसनमा बस्ने घोषणा गरेका हुन् ।
निर्वाचनको मिति घोषणा, आवश्यक निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग अविलम्ब गठन, नागरिकता वितरण निर्देशिका-२०७० संशोधन गरी आमाका नामबाट पनि नागरिकता प्रदान गर्नुपर्ने लगायतका माग सदभावना पार्टी आन्दोलनमा छ ।
'हाम्रो मागप्रति सरकार उदासिन छ । त्यसैले भोली आइतबारदेखि मलगायतका शिर्ष नेता अमरण अनसनमा बस्दै छौं,' शनिबार नेपालगन्ज आएका नेता महतोले भने ।
पार्टीका माग पूरा गराउन दबाब दिने उद्देश्यले गत वैशाख १९ गतेदेखि सुनसरी जिल्लामा पार्टी प्रवक्ता सन्तोष मेहता र सुनसरी जिल्ला उपाध्यक्ष देवराम यादव आमरण अनसनमा छन् । बैशाख ३० गते देखी २४ जिल्लामा ८४ जना पार्टीका नेताहरु आमरण अनसनमा बसिरहेका छन् ।
अमरण अनशनसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारले गरेको आग्रह सद्भावना पार्टीले अस्वीकार गरेको थियो ।


सरकारी वार्ता टोलीले केही दिनमा नै माग सम्बोधन गर्ने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको भएपनि उधारोमा सहमति नहुने भन्दै आन्दोलनरत पक्षले अनसन रोक्न इन्कार गरेको थियो ।





प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>