समुद्री घोडासहित तीन पक्राउ (यस्तो हुन्छ समुद्री घोडा)
Posted by
purwanews
Published on
Saturday, May 18, 2013
इटहरी प्रहरीले आज इटहरीबाट समुद्री घोडासहित तीन जनालाई पक्राउ गरेको छ । भारतको सिलगुडीबाट काठमाडौ लाने क्रममा रहेको चार किलो समुद्री घोडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको भरौलका विमल कार्की, काठमाडौं सीतापाइलाका अनिल गुरुङ र सवारी चालक सुरेसकुमार मिश्र रहेका छन् । दुई वर्षदेखि कारोबारमा संलग्न भएको बताउने कार्की र गुरुङमध्ये कार्कीले भारतबाट समुद्री घोडा ल्याउने गरेको र गुरुङले काडमाडौं पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । कार्कीले करीब तीन हजारमा किनेको समुद्री घोडा गुरुङले सातहजारमा बेचेको बताए । गुरुङले भने काठमाडौमा दुई लाख रुपैमा बेच्न लागेको बताए ।
समुद्री घोडा समुद्रमा पाइने एकप्रकारको जीव हो । घोडा आकारको हुने हुँदा यसलाई समुद्री घोडा भनिन्छ । लोपोन्मुख प्रजातीभि
त्र पर्ने हुँदा यसको कारोबार गर्न बन्देज छ । तर विभिन्न देशबाट भारत र नेपाल हुँदै चीनमा यसको तस्करी बढेको जनाइएको छ । भारतमा केही सयमा पाइने समुद्री घोडा नेपालमा दोब्बर बढीमा कारोबार हुन्छ भने चीनमा दश गुणा बढी मुल्यमा बिक्रि हुन्छ । समुद्री घोडाको कारोबारको लागि नेपाललाई ट्रान्जिट बनाएर ठूलै गिरोह सक्रिय रहेको प्रहरी अनुमान छ । यसअघि पनि काठमाडौमा पटक पटक समुद्री घोडाका तस्करहरु समातिएका थिए । हालसम्म समातिएका सबैले भारतबाट ल्याएर चीन पुर्याउने तयारीमा रहेको जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>
