धेरै भुमिकामा देखिने धुर्मुसका कुरा


चलचित्रमा दोहोरो भुमिकाको खुवै चर्चा हुने गर्छ । कुनै चलचित्रमा नायक नायीकाले ‘डबल रोल’ गरे भने त्यसको खुबै प्रचार गर्ने गर्छन् । तर चलचित्रमा हैन टेलिश्रृंखलामा त्यो पनि दोहोरो भुमिका हैन ६ वटा भुमिकामा एकै साथ निर्वाह गरिरहेका छन् हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ।
नेपाल टेलिभिजनको लोकप्रिय हास्य सिरीयल मेरी वास्सैैमा धुर्मुसको भुमिकाबाट दर्शकमाझ लोकप्रिय उनी अहीले भने ६ वटा फरकफरक चरित्रमार्फत दर्शकमाझ प्रस्तुत भइरहेका छन् । एउटा धुर्मुस, एमाले नेता केपी ओली, आइते, खड्का जी, खडानन्द सुरु र पछिल्लो मुस्कान पासा गरी छ चरित्रबाट पछिल्ला श्रृंखलामार्फत् उनी दर्शक माझ आइरहेका छन् । यी भिन्न चरित्रले मेरी वास्सै हेर्न दर्शक पनि झन् बढीरहेका छन् । भन्छन्, ‘खडानन्द ज्योतीषी र खड्का जीको भुमिकामा म दर्शकमाझ प्रस्तुत भएपछि मेरी वास्सैको रेटिङ ह्वात्तै बढेको छ ।’
केही श्रृंखला पहिलेबाट उनले अभिनय गरेको मुस्कान पासाको रोल यतिवेला काठमाण्डौं लगायत देशका नेवारी समुदायले खुवै मन पराएका छन् । कहिले पनि मेरी बास्सै हेर्न नरुचाउने नेवार समुदायहरु ऋहिले मेरी बास्सै हेर्न थालेका छन् । उनिहरुले सीतारामलाई कार्यक्रममा प्रमुख अतिथिको लागि बोलाउन पनि थालेका छन् । छ भुमिकाबाट दर्शकमाझ आएका उनको केपी ओली, खड्का जी, खडानन्द गुरु र आइतेको भुमिका पनि प्रशंशनीय छ ।

उनले गरेका यी ६ भुमिका मध्ये कुनै पनि एक अर्काबीच मेल खादैनन् । एकै जनाले अभिनय गरेपनि धेरै दर्शकले एउटै कलाकारले अभिनय गरेको हो भन्ने पत्तो पाउन मुस्किल पर्छ । ‘धुर्मुसको भुमिकाले सिरीयल मोनोटोनोस भयो भनेर अरु भुमिकालाई बढि प्राथमिकता दिएको छ, अहीले सबै भुमिकालाई दर्शकले रुचाइदिनु भएको छ’ सीताराम भन्छन्, ‘त्यसमा पनि अहीले खड्काजी र मुस्कान पासा को भुमिकाको सवैबाट प्रशंसा पाइरहेको छु ।’
अहीले धुर्मुसको नामबाट चिनीने सीताराम खड्का जी र मुस्कान पासाको रुपमा बढी लोकप्रियता चुमिरहेका छन् । भन्छन्, मैले जति नया भुमिका निर्वाह गरिरहेको छु त्यति नै  दर्शकको मन मष्तिस्कमा बसेका छन् ।’
भुमिकाहरु एकपछि अर्को लोकप्रिय बन्दै गएपछि दर्शकमाझ मात्रै हैन नयाँ पुराना कलाकार माझ पनि उनले बाही बाही  बटुलिरहेका छन् । केही समय पहिले उनले हरिवंश आचार्यले विभिन्न ७ सिरीयलमा अभिनय गरेका ७ भुमिकालाई एकै चोटी मेरी बास्सैमा नक्कल गरी प्रस्तुत भएका थिए । उनले हरिवंशले अभिनय गरेको टिकेको ३ मन्त्रको टिके, लालपुर्जाको तलसिंह, कान्तिपुरको वडाध्यक्ष, रातको लाहुरे, चिरन्जीवीको चिरन्जीवी, बनपालेको साधुराम सुकुम्बासी, मदनबहादुर हरिबहादुरको हरिबहादुरको भुमिकालाई मेरी बास्सैमा उतारेका थिए ।
नयाँ पुस्ताका हास्य कलाकार सीतराम कट्टेलले मेरी वास्सैमा गरेका विभिन्न चरित्रबाट उनलाई अहीले दोस्रो हरिवंश भन्न थालिएको छ । उनी हालसम्म २२ वटा फरक फरक चरित्रमा मेरी बास्सैमा आफु प्रस्तुत भइसकेको बताउँछन् । भन्छन्, ‘दर्शकलाई म सधैँ फरक फरक चरित्रबाट मनोरन्जन दिन कोशीसमा छु ।’
सोलुखुम्बुको नेचा बेतघारी ५ मा जन्मेका सीताराम  विगत ८ वर्ष देखि हाँस्य कलाकारिताको क्षेत्रमा छन् । एक दशकअघि कलाकर्मबाट केही गर्ने अठोटका साथ राजधानीको खाल्टोमा आएका उनी छोटो अवधिमै चल्तीका हास्य कलाकारमा गनिएका छन् । वर्षौ क्षेत्र कलाक्षेत्रमा लाग्नेका बीच उनको लोकप्रियता लोभलाग्दो छ । विशेष गरेर फरकफरक चरित्रमा अभिनय गर्नसक्ने क्षमताको यस क्षेत्र निकै प्रसंसा गरिन्छ । ‘मैले यस क्षेत्रमा निकै ठुलो संघर्ष, मेहनत गरेको छु,’ सीताराम भन्छन् ।
अहीले स्टेजमा सर्वाधिक धेरै प्रस्तुत हुने कलाकारमा गनिन्छन् सीताराम । अहिलेसम्म उनले १५ वटा देशमा पुगेर कार्यक्रम गरेका छन् । नेपालमा पनि सबैभन्दा बढी कार्यक्रममा सुहभागी हुने भाग्यमानी कलाकार पनि उनि नै हुन् । उनि भन्छन् ‘मेरी बास्सैबाहेक विज्ञापन बनाउने, अभिनय गर्नेदेखि स्टेजका कार्यक्रमले भ्याइनभ्याइ छ’ उनी भन्छन्, ‘मेरी बास्सैको लोकप्रियता अनी हामीले गरेको पृथक प्रस्तुतीका कारण पनि हामीले धेरै कार्यक्रम गर्ने अवसर पाइरहेका छौ ।’
उनकाअनुसार अब चाँडै नै शरीरको एक भाग नदेखिने नयाँ पात्रका रुपमा मेरी बास्सै देखिँदै छन् । त्यसैगरि आफु लगायत हाल चलेका सात जना हाँस्य कलाकारलाई हिरो बनाएर नयाँ शैलीको हाँस्य चलचित्रको निर्माणमा पनि उनी जुटेका छन् ।
हाँस्य व्यग्ङ्ग क्षेत्रबाट देश विकास गर्नका लागि बौद्धिकता चाहिने धारणा राख्ने कट्टेल सस्तो लोकप्रियता र मनोरञ्जनका लागि मात्र हाँस्य व्यग्य गर्न नहुने तर्क राख्छन् । उनले पुर्व क्षेत्रका उद्योग, धन्दा, व्यापार र संघसंस्थाको सहयोग प्राप्त भए पुर्वका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुमा मेरी बास्सैलाई छायांकन गर्ने योजना सुनाए । अवसर नपाएर आफ्नो कला लुकाएर खुम्चन बाध्य धेरै प्रतिभालाई पूर्वबाट हाइलाइट गर्न पुर्वमा छायांकन गर्ने योजना बनाएको बताएका छन् ।
कलाकार कट्टेल हाँस्य कलाकारीतासँगै समाजिक काम र कृषी पेशालाई पनि अगाडी बढाईहरेको बताए । आर्थिककै कारण  जो कोही मर्ने अवस्थामा छ भने  निः शुल्क कार्यक्रमको आयोजना गरि आर्थिक संकलनमा लाग्न तयार रहेको उनले बताए । आफुले हालसम्म धेरैलाई उपचारका लागि सहयोग गरेको जनाउदै अबका दिनका पनि सामाजिक काममा लाग्ने बताए । उनको आफ्नै अस्पताल समेत काठमाडौमा रहेको छ । जहाँ निम्न वर्गका मानिसले विशेष छुटमा उपचार पाउने उनी बताउँछन् । विदेशीएमा युवाहरुेको पीडालाई देखेर आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सन्देश दिन आफुले कृषी पेशा पनि थालेको उनले बताए । उनले बंगुर फार्म खोलेका छन् ।






प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>