तपाईको प्रश्न?
Posted by
purwanews
Published on
Wednesday, May 8, 2013
प्रश्नः म अहिले धरानमा खेलकुदका सामाग्रीको होलसेल तथा खुद्रा कारोबार गरिरहेको छु । मेरो कारोबार अहिले सरदर बार्षिक तिस लाख रहेको छ । आगामी बर्ष मेरो कारोबार अझ बढ्ने अनुमान गरेको छु । मैले मेरो ब्यबसायको अहिलेसम्म पान नं. पनि लिएको छैन । अहिले मेरा केहि साथिहरुले पानका साथै भ्याटमा पनि दर्ता हुन सुझाइरहेका छन् । के मैले पानका साथै भ्याटमा पनि दर्ता गर्नुपर्छ ? यदि दर्ता गर्नुपर्छ भने, मैले के गर्नु पर्छ ? मैले यसैगरि दर्ता नगरि मेरो ब्यापार चलाएमा केहि फरक पर्छ कि पर्दैन ? म भरपर्दो सुझाबको प्रतिक्षामा छु ।
आर. श्रेष्ठ, धरान
उत्तरः श्रेष्ठजी प्रश्नका लागि धन्यबाद । तपाईको प्रश्नलाई बिभिन्न भागमा बिभाजन गरि छलफल गरौं ।
पानमा दर्ता हुने कुरा
आयकर ऐन, २०५८ ले ब्यबस्था गरे अनुसार हरेक आम्दानी गर्ने ब्यक्ति (रोजगारी, ब्यबसाय तथा लगानी सम्बन्धि आय) ले अनिबार्य रुपमा पानमा दर्ता हुनुपर्ने ब्यबस्था गरेको छ । जसअनुसार तपाई प्यानमा दर्ता हुन अनिबार्य छ । मेरोे सल्लाहमा तपाई जति सक्दो छिटो तपाइको नजिकको राजस्व कार्यालयमा गइ आफ्नो ब्यापारको पान नं. लिनुहोला । अन्यथा, राजस्व अधिकृतले जुनसुकै समयमा तपाइको ब्यबसायमा छापा मारी कर असुल उपर गर्न सक्दछ ।
भ्याटमा दर्ता हुने कुरा
मुल्य अभिबृद्घि ऐेन, २०५२ अनुसार कुनै पनि ब्यक्तिले बार्षिक बीस लाख भन्दा बढिको बस्तु र बार्षिक दश लाख भन्दा बढिको सेवाको कारोबार गर्दछ भने सो ब्यक्ति भ्याटमा दर्ता हुनुपर्ने अनिबार्य ब्यबस्था गरेको छ । यसप्रकार हेर्दा, तपाईको कारोबार बार्षिक बीस लाख नाघेको अबस्था छ । जसअनुसार तपाइ भ्याटमा दर्ता हुनु पर्ने देखिन्छ । तपाइ पान वा भ्याटमा दर्ता हुन नजिकैको राजस्व कार्यालयमा आबस्यक कागजात पु¥याइ निबेदन दिनु पर्दछ । त्यसपछि, राजस्व अधिकृतले तपाइलाई एउटा दर्ता भएको प्रमाणपत्र दिन्छन् ।
दर्ता नगरि चलाएमा केहि फरक पर्छ कि पर्दैन ?
तपाईले आफ्नो ब्यापार दर्ता नगरि चलाएकोले पक्कै पनि तपाईले आयकर तथा मुल्य अभिबृद्घि कर (भ्याट) तिर्नु भएको छैन । एक प्रकारले हेर्दा तपाइले देशको कानुन उलङ्घन गरिरहनु भएको छ । यस्तो अबस्थामा, कुनै पनि बेला राजस्व अधिकृतले तपाइको ब्यापारमा छापा मारी तपाईलाइ जरिवाना गर्नुका साथै तपाईले ब्यापार सुरु गरे देखिको आय हिसाब गरि तपाईबाट कर, शुल्क, ब्याज गणना गरि असुल उपर गर्न सक्दछ । त्यसकारणले यी सम्पुर्ण सम्भावित जरिवाना बाट बच्नलाई पनि तपाई दर्ता भइ ब्यापार चलाउन जरुरी छ ।
(यस स्तम्भमा तपाइले सम्प्रेषण गरेका तपाई सम्बन्धि जानकारीहरु तपाईको स्विकृति बेगर कसैलाई पनि उपलब्ध नहुने कुराको बिश्वास दिलाउदछांै ।)
(साबधानः यस स्तम्भमा सकेसम्म कानुन, नियम, अनुभब, नजिर अनुसार उत्कृष्ठ समाधान दिने प्रयास गरिएको छ, यहि समाधानलाइ आधार मानी कुनै काम कार्बाहि गर्दा कुनै क्षति पुग्न गएमा त्यसको जवाफदेहि हामी हुने छैनौं ।)
z]if dl0f bfxfn
प्रतिक्रिया दिनुहोस् >>