लागूऔषधसहित एक जना पक्राउ


सशस्त्र प्रहरी बल भन्सार सुरक्षा बेस बेलहियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाट जेष्ठ ११ गते विहान विभिन्न खालको
लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा उपमहानगरपालिका ८ वस्ने जनक गुरुङ छन् । उनको साथबाट डेकलाक ३२ वटा, लुपिजेसिक ३२ वटा, फेनारगन ३२ वटा र ७९ वटा नाइट्रोशन ट्याब्लेट फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारावाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>