दुहबीमा झडप
Posted by
purwanews
Published on
Sunday, May 26, 2013
एक महिनाअघि हत्या गरी फालिएकी स्थानिय राधा मण्डलको हत्यारालाई पक्राउ नगरेको भन्दै सुनसरीको दुहबीवासीले गरेको बन्दका क्रममा प्रहरीसँग झडप भएको छ ।
झडपका क्रममा प्रहरी र स्थानियवासी गरी एक दर्जन बढी घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत फायर गरेको थियो । प्रदर्शनकारीले प्रहरीले गोली चलाएर दुई जना घाइते भएको भनेपनि प्रहरीले भने गोली नचलाएको जनाएको छ ।
बन्दका क्रममा स्थानियले केही एम्बुलेन्समा समेत तोडफोड गरी क्षती पुर्याएका छन् । सोको विरोधमा एम्बुलेन्स चालकहरुले इटहरी चौकमा एम्बुलेन्स तेस्र्याएर सडक अवरुद्ध पारेका छन् ।
सुनसरी, जेठ ११
प्रतिक्रिया दिनुहोस् >>