पानीमा डुब्यो काठमाडौ (तस्वीरहरुसहित)


अपडेट : कतारबाट काठमाडौं आउदै गरेका पूर्व प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई राजधानीमा परेको वर्षाका कारण भारत पुगेका छन् ।
भट्टराईसहितका टोली काठमाडौंमा पानी परेर विमान अवतरण हुन समस्या भएपछि भारतको लखनउमा अवतरण गराएको उनका सहयोगी मनऋषि धितालले जानकारी दिए । भट्टराई 'तेह्रौँ दोहा फोरम'मा भाग लिन पाँच दिनअघि कतारको राजधानी दोहा गएका थिए । जेठ ६ देखि ८ गतेसम्म चलेको सम्मेलनमा विश्वका ८४ मुलुकका ६ सयभन्दा बढी सहभागी थिए ।

Click to enlarge image heavy-rain-01.jpgबिहीबार साँझ तीन घन्टामा उपत्यकामा १३५ मिलिलिटर वर्षा भएको छ। मे महिनामा १२३ मिलिलिटर औसत वर्षा हुने गरेकोमा बुधबार साढे पाँच बजेदेखि तीन घन्टाको बीचमा उक्त परिमाणमा वर्षा भएको थियो।
बंगलादेश र पश्चिम बंगालमा सक्रिय न्युनचापीय वायुका कारण नेपालमा तीन दिनदेखि सुरु मध्यक्षेत्र केन्द्रित वर्षा केही दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्ले यसलाई मनसुन सुरु हुनुपूर्व (प्रि–मनसुन) को अवस्था भएको बताएका छन्।
बंगलादेश र पश्चिम बंगालमा हावाको चाप कम भएपछि सबैभन्दा बढी काठमाडौसँगै मध्य र पूर्वी भागमा जलवाष्पको चहलपहल वृद्धि भई वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए। भारी वर्षाका कारण उपत्यकाका न्युरोड, पुतली सडक, जमल, बानेश्वरलगायत अधिकांश स्थानका सडक जलमग्न भए, जसले गर्दा निकै बेरसम्म सवारी आवागमन प्रभावित बनेको थियो। अधिकांश पसल तथा घरमा समेत पानी पसेको थियो। ३० भन्दा बढी ठाउँ जलमग्न भएर सवारी साधन फसेपछि उद्धारका लागि सर्वसाधारणले ट्राफिक प्रहरीलाई आग्रह गरेका थिए। भारी वर्षाले वानेश्वर, बालाजु, नयाँ बजार लगायत क्षेत्रको सडकमा समेत क्षति पुगेको थियो।
Click to enlarge image heavy-rain-02.jpgतीनदेखि चार दिनसम्म यसरी नै मौसम परिवर्तन हुनसक्ने महाशाखाले जनाएको छ। 'यस्तो वायुले गराएको वर्षा तत्काल सुरु भएर केही घन्टासम्म रहने र उत्तिखेरै मौसम सुधार हुनसक्छ,' श्रेष्ठले भने, 'अझै केही दिन मौसम अस्थिर रहन्छ।'
मौसमविद्का अनुसार बंगालादेश र पश्चिम बंगालामा न्युन चाप भएपछि नेपालमा पूर्वीय वायुको प्रभाव बढेको हो। सबैभन्दा बढी वर्षा उपत्यका वरपर, मध्यभाग र केही पूर्वी क्षेत्रमा भएको छ। वायुको प्रभाव विस्तारै पश्चिमतिर बढ्दै गएको महाशाखाले जनाएको छ। नेपालमा सामान्यतः जुन १० देखि सुरु हुने भनिए पनि मनसुन पूर्वको गतिविधि बढेकाले मनसुन सुरु हुने मिति यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।

मौसम विद्हरुले यसलाई मनसुनकै जस्तो बर्षा भनेका छन् । भिषण बर्षाले कतिपय स्थानमा सडकमै सवारी साधन बिगि्रएर अलपत्र परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआइजी उपेन्द्रकान्त अर्यालका अनुसार सडकमा जमेको पानीमा डुबेर २० भन्दा बढी गाडी बिगि्रदा सवारी जाम भएको छ ।
जताततै भत्काइएको सडकको निर्माण नभइसकेकाले पानीको निकास हुन नसक्दा सडक जलमग्न भएको हो । महाशाखका प्रवक्ता डिएसपी पवन गिरीका अनुसार खसी बोकेको गाडी गोंगबुमा बाढीले बगाएको छ ।
जेष्ठ १०, with the help of nagarik


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>