१० वर्षपछि भेटिए हराएका युवती


हराएको मानिस केही दिनपछि भेटिन्छ, नभए मृत्युको मुखमा पुगेको रिपोर्ट प्राप्त हुन्छ । तर अमेरिकामा हालै एक अनौठो घटना भएको छ । हराएको १० वर्षपछि तीन युवती भेटिएका छन् ।
गत २००३ मा १६ वर्षकी अमान्डा बेरी र सन् २००४ मा १४ वर्षकी गिना डेजसस गायब भएकी थिइन् भने २० वर्षिया मिचेल नाइट सन् २००२ मा गायब भएकी थिइन् । लामो समयसम्म पनि उनीहरु नभेटिएपछि धेरैले उनीहरु मरिसकेको अनुमान गरेका थिए ।
उनीहरु तीनैजना क्लेभेल्याण्डको एउटा शहरको एउटा घरमा भेटिएका छन् । उनीहरु छिमेकीको सहयोगमा बन्द गरिएको ढोका फोडेर निस्कन सफल भएका थिए ।उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ र उनीहरुको स्वास्थ्य राम्रो रहेको चिकित्सकहरुले जनाएका छन् ।
ती युवतीहरुलाई घरेलु कामदारको रुपमा बेचिएको हुनसक्ने आशंका गरिएको छ । तीनैजना बोल्न सक्ने अवस्थामा रहेपनि अहिलेसम्ममा घटनाबारे विस्तृत बताएका छैनन् । तीनमध्ये एकजनाको बच्चा समेत भएको जनाइएको छ ।
घटनासँग सम्बन्धित भएको आशंकामा तीन जना दाजुभाइलाई पक्राउ गरिएको छ । पक्राउ गरीएका तीनै जना ५० वर्ष उमेरका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>