भोलीदेखि स्कुल थिएटर
Posted by
purwanews
Published on
Friday, May 17, 2013
यसपटकको स्कुल थिएटरमा प्रा डा अभि सुवेदी र डा शिव रिजालका नाटक साथै कृष्ण धरावासीको झोला कथा र अरु नाटक र गीतिनाटक सहित आठ वटा नाटक मञ्चन गरिने पत्रकार सम्म्मलनमा जानकारी दिइएको छ । ती नाटकहरु बालबालिका आफैले निर्देशन गरेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । कार्यक्रममा प्रा डा अभि सुवेदी, नेपाली रंगमञ्चका नायक सुनिल पोख्रेल, रंगमञ्च विज्ञ डा शिव रिजाल, समालोचक उदय अधिकारीलगायतको उपस्थिती रहने कलालय इटहरीले जानकारी दिएको छ ।
विभिन्न सरकारी र निजी विद्यालयका बालबालीकालाई एक महिनासम्म कार्यशालमा सहभागी गराएर थिएटर गर्न लागिएको आयोजक समितिका उमेश सुवेदीले बताए । उनले कलालाई विभिन्न क्षेत्र संग जोडेर मानिसको व्यवहार र मनोविज्ञानको सकारात्मक परिवर्तनमा सहयोग पु¥याउने कलालयको अभियानमा अन्र्तगत स्कुल थिएटरलाई निरन्तरता दिएको जनाए । कलालयले गर्दै आएको स्कुल थिएटरको यो श्रृंखला नेपालमै पहिलो हो । यस अघि पनि इटहरी नगरको ५० वर्ष अघिका कलाकारलाई मञ्चमा उतारेर ऐतिहासिक कार्यक्रम गरेको थियो । साथै गृहिणीहरुलाई उनीहरुका आ–आफ्नै कथाको मञ्चन गर्न लगाएर गरिएको ‘होम थिएटर’ कार्यक्रम समेत गरेको थियो ।
स्कुल थिएटरको तेस्रो संस्करण उद्घाटन कार्यक्रममा गीतकार गायत्री लम्सालको गीतिसंग्रह आकाश हेर्दै दोवाटोमा को लोर्कापण पनि गरिने आयोजकले जानकारी दिएको छ ।
इटहरी, ३ जेठ
प्रतिक्रिया दिनुहोस् >>