प्रसिद्ध पर्वतारोही नाम्गेल शेर्पाको निधन

खोटाङ जिल्ला राखा गाबिस बाने निवासी तथा प्रसिद्ध पर्वतारोही नाम्गेल
शेर्पाको सगरमाथा आरोहणको क्रममा हिजो मे १६ तारिक निधन भएको  छ।
पर्वतारोहण क्षेत्रमा कुनै पर्वतारोहीको दुर्घटना भै उद्दार गर्दा
तुरुन्त उद्दारको लागी घटनास्थल पुग्ने प्रसिद्द हिमाल उद्दरक समेत रहेका 
नाम्गेल शेर्पा एक समाजसेवी ब्याक्तित्व समेत हुनुहुथ्यो। केही बिदेशी
आरोहीहरु संग तिब्बत मोहडबाट सगरमाथाको आरोहण गर्नको लागी क्याम्प
चारमासम्म बाटो बनाई सामान पुर्याएर कयाम्प तेस्रोमा फर्कने क्रममा
ह्रिदयघात भै शेर्पाको निधान भएको हो। नीजको शवलाई तल झार्ने काम भै रहेको पनि बुझिएको
छ।युरोपको बिभिन्न राष्ट्रहरुमा माउन्टेन रेस्क्यु सम्बन्धी पटक पटक
तालीम लिएका  ३६ बर्षिय शेर्पा नेपालमा निक्कै चर्चित उद्दरक मध्ये एक
मानिन्छन । थुप्रै संघ साँस्थासंग आवद्ध रहेको शेर्पाले आफ्नो जन्मथलो
खोटाङको राखा गाँउमा शिक्षा र स्वास्थ सम्बन्धी बिकासहरु गर्दै आएका 
थिए 
 शेर्पाको एक श्रीमति हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>