पागलपनको यो हद, आफ्नै लिंग चट्


रत्ननगरचितवनको भरतपुरमा एक युवाले आफ्नो लिङ्ग आफैंले काटेका छन्।  लमजुङ घर भइ भरतपुर १२ मा बस्दै आएका लेखमान गुरुङले लिङ्ग आफैंले काटेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। चक्कुको प्रयोग गरेर लिङ्ग छिनाएका उनलाई स्थानीयले उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएका थिए।
लिङ्ग पुरै छिनेको र एउटा अण्डकोष समेत निस्किएको अवस्थामा घाइते अस्पताल आइपुगेको भरतपुर अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार मानसिक तनावका कारण लिङ्ग काटेको प्रारम्भिक जानकारी आएको छ। तनावको कारण भने खुलिसकेको छ्रैन।  कहिलेकाही मानसिक अवस्था ठीक नहुने गरेकाले सोही क्रममा लिङ्ग काटेको हुनसक्ने श्रीमतीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ।
भरतपुर अस्पतालबाट रिफर गरिएका उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। हिजो भएको यो घटनापछि पिसाव फेर्ने भाग पुरै काटिएकाले शल्यक्रिया गरिएको छ। nagarik

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>