अन्ततः जेल गए मुन्नाभाई

बलिउड अभिनेता सञ्जय दत्तले साढे तीन वर्ष कैद सजाय सुरु गर्न बिहीबार मुम्बईको टाडा अदालतमा आत्समर्पण गरेका छन्। निधारमा टिका लगाएका सञ्जय पत्नी मान्यता र फिल्मकर्मी महेश भट्टसँग अदालत पुगेका थिए। उनलाई अदालतबाट अर्थर रोड जेल लगिनेछ र केही दिनपछि पुनेको यरावद जेलमा स्थान्तरण गरिनेछ।
अदालतले उनलाई एक महिनासम्म जेलमा औषधी राख्न र घरकै खाना खाने अनुमति दिएको छ। उनले डस्ना, तकिया, हनुमान चालिसा, रामायण,
भगवत गीता, टुथपेस्ट, स्याम्पो, चप्पल, कुर्तापाइजामा र लामखुट्टेको औषधी पनि जेलभित्र लैजान पाउनेछन्। अदालतले चुरोट भने अनुमति दिएको छैन।
अदालतमा पुग्नेबित्तिकै कानुनी औपचारिकता सुरु गरिएको थियो। अदालतले सञ्जयको परि
चय प्रमाणित प्रक्रिया थालेको थियो। बान्द्राको पाली हिलस्थित निवास स्थान इम्पेरियल हाइट्सबाट अदालततिर निस्कनुअघि सेतो कुर्ता र जिन्स लगाएका सञ्जयले भीडतिर हात हल्लाएर अभिवादन फर्काएका थिए।
अदालतमा सञ्जयको गाडी रोकिनेबित्तिकै पत्रकार, फोटोग्राफर र शुभेच्छुकको भीडले घेरेका थिए। सबैभन्दा पहिले फिल्मकर्मी महेश भट्टले गाडीबाट निस्केर सञ्चारकर्मीलाई बाटो छोड्न अनुरोध गरेका थिए। सञ्जयलाई गाडीबाट ओर्लेर अदालतभित्र जान भीडका कारण २० मिनेट लागेको थियो। प्रहरीले सञ्जयको निवास र अदालत परिसर दुवै ठाउँमा सुरक्षा व्यवस्था निकै कडा गरेका थिए।
उनले केही दिनअघि टाडा अदालतसमक्ष आफूलाई ज्यानको धम्की आइरहेको जानकारी गराएका थिए। त्यस्तै अर्थर रोड सेन्ट्रल जेलका अधिकारीहरुलाई पनि सञ्जयलाई त्यहाँ राखिए जे पनि हुनसक्ने व्यहोरा खुलाइएको अज्ञात पत्र प्राप्त भएको थियो।
सन् १९९३ को मुम्बई बमकाण्डका अभियुक्तहरुबाट गैरकानुनी हतियार लिएको अभियोगमा सञ्जयलाई भारतको सर्वोच्च अदालतले गत मार्च २१ मा पाँच वर्ष जेल सजाय तोकेको थियो। सञ्जयले डेढ वर्ष यसअघि नै बिताइसकेकाले साढे तीन वर्षमात्र जेल बस्नुपर्ने भएको हो। agency


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>