१७ दिनदेखि पुरिएकी महिला जीवितै
भग्नावशेषमा फँसेको मानिस कति दिनसम्म जीवीत हुन सक्ला ? एक दिन, दुई दिन, तीन दिन । प्रत्येक पाँच घण्टामा खाना चाहिने मानिसको शरीर चार वा पाँच दिनसम्म खान नपाउँदा गल्छ र खानै नपाएर ज्यान जान्छ । तर बंगलादेशमा गार्मेन्ट उद्योग रहेको भवन भत्किएर पुरिएको १७ दिनपछि त्यहाँ फँसेकी एक महिलाको जीवितै उद्धार गरिएको छ ।
भग्नावशेषबाट हात हल्लाइरहेको देखिएपछि क्रेन र बुल्डोजर चलाउन रोकेर करौँतीले काटेर भग्नावशेषबाट उनलाई निकालिएको थियो। त्यसअघि उनलाई खाना र पानी दिइएको थियो । भवनको प्रार्थना कक्षमा थुनिएकी उनलाई खासै ठूलो चोटपटक नलागेको बताइएको छ।
घटनाको एक हप्तापछि नै मानिसहरुले भग्नावशेषमा जीउँदो मानिस भेटिने आशा मारिसकेको अवस्थामा रेश्मा नामकी ती महिलालाई उद्धारकर्मीले जीवितै बाहिर निकालेका हुन् । १७ दिनपछि उद्दार गरिँदा उनी मुस्कुराइरहेकी थिइन् ।
१७ दिनअघि भत्किएको यो भवनमा विगत केही दिनदेखि उद्धारकर्मीहरुले लाशमात्र निकालिरहेका थिए । अहिलेसम्म लाशको संख्या एक हजार नाघिसकेको छ । यो संख्या अझै बढ्ने शंका गरिएको छ। घटनामा थप २५ सय घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस् >>