हिंसा गर्ने श्रीमतीलाई ३ हजार रुपैया जरिवाना
महिला र पुरुषले समान अधिकार पाउनुपर्छ भन्ने कुरामा कुनै शंका छैन । समानताको लागि महिलाहरुले वर्षौदेखि नारा घन्काइरहेका छन्, अभियान चलाइरहेका छन् । त्यो देख्दा समानता महिलालाई मात्र चाहिने हो त भन्ने प्रश्न उठ्ने गर्छ । तर समानता र न्याय पुरुषलाई पनि चाहिन्छ भन्ने कुरा नेपालगञ्जको पुरुष हिंसा घटनाले पुष्टि गरेको छ ।
जिल्ला अदालत बाँकेले पत्नीविरुद्ध परेको एक घरेलु हिंसाको मुद्दामा पतिका पक्षमा फैसला सुनाएको छ । दैलेखको नारायण नगरपालिका ९ घर भई नेपालगन्ज ५ बस्दै आएका ३३ वर्षीय खगेन्द्रबहादुर गौतमले आफ्नी ३० वर्षीया पत्नी लिलावतीका नाममा दायर गरेको मुद्दाको फैसला खगेन्द्रका पक्षमा आएको हो । उनले श्रीमतीले कुटपिट गरेको र बाहिरबाट गुन्डा बोलाएर ज्यान लिने प्रयास गरेको भन्दै ०६८ मंसिरमा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । फैसलापछि लीलावतीले श्रीमानलाई तीन हजार रुपैया जरिवाना तिर्नुपर्ने भएको छ ।
पत्नी लीलावतीले कुटपिट गर्ने गरेको, बाहिरबाट भाडामा गुन्डा बोलाएर मार्छु भन्ने धम्की दिएको र ०६८ मंसिर ११ गते राति ज्यान मार्ने उद्देश्यले प्रेसर कुकरले टाउकोमा हिर्काएको आरोप लगाउँदै खगेन्द्रले घरेलु हिंसासम्बन्धी ऐन ०६६ को दफा २ (खण्ड क, ख र ग० बमोजिमको कसुर गरेकाले १३ (३० अनुसारको सजाय माग गर्दै मुद्दा हालेका थिए ।
बाँकेको सीतापुर तथा टिटिहिरिया गाविसमा मात्र पुरुष हिंसाका १० वटा घटना बाहिर आएको त्यहाँ कार्यरत् सामाजिक संस्थाहरुले जनाएका छन् । वैशाख २३
प्रतिक्रिया दिनुहोस् >>