नेवि संघद्वारा क्याम्पसमा ताला

चिना थापा /सिन्धुली

नेवि संघ सिन्धुलीले डकाहको सरस्वती वहुमुखी क्याम्पसमा बुधवार ताला लगाएका छन् । क्याम्पस व्यवस्थापन समितिले एकलौटी स्ववियु निर्वाचन समिति गठन गरेको भन्दै नेविसंघले क्याम्पस प्रशासन र स्ववियु निवार्चन समितिमा ताला लगाएको हो ।
विद्यार्थी संगठनहरुसँग सल्लाह नगरी व्यवस्थापन समितिले एमाले निकट शिक्षकहरुलाई राखेर स्ववियु निर्वाचन समिति गठन गरेको र गैर विद्यार्थीहरुलाई भर्ना गरी,भर्ना दर्तामा मेटाएर पुरानो मितिमा राखेको आरोप नेवि संघको छ । निवार्चन समिति खारेज गरेर व्यवस्थापन समितिले विद्यार्थी संगठनहरुको उपस्थितिमा नयाँ निवार्चन समिति नवनाए सम्म ताला नखोल्ने नेविसंघका जिल्ला सभापति शेखर मिश्रले वताए । त्रि बि को तालिका अनुसार निर्वाचन गराउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>