कान्तिपुरकर्मीविरुद्ध २५ पत्रकारको हस्ताक्षर महासंघमा
पावरको दुरुपयोग गरी आतंक मच्चाएको आरोप
सप्तरीको तोपा गाविस घर भई इनरुवाबाट कान्तिपुर दैनिकमा रिपोर्टिङ गर्दै आएका अवधेशकुमार झाविरुद्ध यहाँका सञ्चारकर्मीहरु आन्दोलित भएका छन् । झाले वापरको दुरुपयोग गरी व्यापारी, प्रहरी प्रशासनमा आतंक मच्चाएको, भूमीगत संगठनहरुसँग साँठगाँठ गरेको र महासंघ तथा प्रशासनलाई नै गुमराहमा राखेर पत्रकारिताको बद्नाम गरेको आरोप लगाइएको छ ।
पत्रकारहरुले संयुक्त हस्ताक्षरसहितको पत्र पत्रकार महासंघ सुनसरीमा बुझाएका छन् । उनीहरुले झालाई कारवाही गर्न महासंघसँग माग गरेका छन् । झा कांग्रेससम्बद्ध प्रेस युनियनमा आवद्ध पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष समेत हुन् ।
बारम्बार समाचारको विषयमा वार्गेनिङ गर्दै सरकारी तथा गैह्रसरकारी संस्थासँग रकम असुलेका झाले पूर्वाञ्चल सिँचाई डिभिजन कार्यालय इनरुवाका कर्मचारीलाई धम्काउँदै रकम वार्गेनिङ गरेपछि आफूहरु बाध्य भएर झा विरुद्ध उभिएको हस्ताक्षर गर्ने पत्रकारहरु बताउँछन् ।
झा बारम्बार विवादमा आउने गरेका छन् । कतिपय घटनाहरुमा भने प्रहरीले र सिडियोले नै धम्की दिएको भन्दै महासंघ गुहारेका झाले भारतीय ठेकेदार र तस्करहरुसँग साँठगाँठ गरी उनीहरुसँग भारतीय गाडीमा आएर भण्टाबारी बाँधमा बसेका सशस्त्र प्रहरीलाई म यहाँको सि.डि.ओ. हुँ भनी धम्क्याउने क्रममा कुटाकुट भएपछि सुनसरीका तत्कालीन एसपी सौरभ राणाले उनलाई मापसे जाँच गरी एक रात हिरासतमा राखेका थिए ।
केही समयअघि तत्कालिन सिडियो चुडामणि शर्मा र हालका सिडियो लक्ष्मणकुमार थापाले आफूलाई धम्की दिएको भन्दै उनले महासंघ गुहारेका थिए । ती सबै घटनाहरुमा झाको साथ दिएका स्थानिय सञ्चारकर्मीहरु अहिले उनी विरुद्ध उभिएका छन् । ‘झाले गरेको सबै नाटक रहेछ भनेर थाहा पायौं,’ एक सञ्चारकर्मीले भने, ‘झाले आफ्नो स्वार्थअनुसार विभिन्न संस्था र व्यक्तिविरुद्ध लान्छाना लगाउँदै पत्रकार महासंघलाई प्रयोग गरेको पछि मात्र थाहा पायौं ।’
पत्रकारहरुले दिएको उजुरीमा झालगायत घृणित गतिविधि गर्ने सुनसरीका सबै पत्रकारहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । उजुरीमा उल्लेख छ, ‘झाले नयाँ नयाँ प्रोपोगण्डा तथा नाटकीय मनगढन्त कुराले समस्त स्थानीय पत्रकारलाई बदनाम र पत्रकारिता पेशाप्रति जोखिम श्रृजना गरेका छन् । उनले अनावश्यक हल्ला फिजाई आफूलाई अगाडि सारी यहाँका सञ्चारकर्मी सामु निरिह बनि समग्र पत्रकारको बेइज्जत र बदनाम गरेका छन् ।’
इनरुवाका पत्रकारहरुले महासंघ गुहारेपछि महासंघले समेत झालाई कारवाही गर्न पत्रकार महासंघ केन्द्रमा निवेदन दिने भएको छ । बुधबार सुनसरीको धरानमा बसेको पत्रकार महासंघ सुनसरीको बैठकले झाविरुद्ध परेको उजुरी र हस्ताक्षर केन्द्रलाई पठाउँदै उनी आबद्ध कान्तिपुर पब्लिकेशनलाई समेत बोधार्थ दिने भएको छ ।
झाविरुद्ध उल्लेख गरिएका घटना विवरण :
बुदाँ न. क) निज इनरुवा ५ स्थित डेरामा बसेको बखत घरधनीसँग भाडाका सम्बन्धमा मनमुटाव गरी, घर भाडा नतिर्ने नियतले, मलाई घर गइरहेको अवस्थामा सुनसरी जिल्ला प्रमुखले नागरिकताको सवालमा मलाई गोली चलाइएको भनी भ्रामक र कपोलकल्पित कुरा लगाई स्थानीय सञ्चारकर्मीहरुलाई गुमराह गरी आन्दोलनसम्म गराएको र पछि बुभ्mदा सो कुरा झुट्टा भएको । सो को निचोड स्थानीय संचारकर्मी माभm प्रस्ट भएको ।
बुदाँ न. ख) सप्तरीबाट निजको मोबाइल (९८४२८२०५०४) मा मिसकल आउँदा निज रक्सीले मात्तिएको बेला मिसकल गर्ने व्यक्तिलाई गालीगलोज गरी तल्कालिन सुनसरीका सि.डि.ओ. चुडामणि शर्मालाई फोन गर्न लगाई मलाई मार्ने धम्की दिएको भनी भ्रामक समाचार सम्पे्रषण गरी अन्दोलन तथा अदालती प्रक्रियासम्म पु¥याएर समग्र सञ्चार क्षेत्रलाई बदनाम गरेको र पदीय दुरुपयोग गरी पेशा बदनाम गराएको ।
बुदाँ न. ग) कोशी कटानपछि पहँुचको आधारमा काठपात असुलउपर गरेको साथै केही व्यक्तिसँग साँठगाँठ गरी रकम लेनदेन गरी फर्जी बाँडी पीडितलाई असहयोग पु¥याएको ।
बुदाँ न. घ) प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले गुट्का समाचारको विषयमा आपूmले भन्दै नभनेको समाचारप्रति बुभ्mन खोज्दा उल्टै सि.डि.ओ.ले ज्यान मार्ने धम्की दिएको भनी सञ्चारकर्मी माझ भ्रामक समाचार पैmलाएको र आफूले गाली गरेको शब्दहरुको रेकर्ड काटी र सि.डि.ओ. को ‘तपाई त साह्रै हरामी हुनु हुँदो रहेछ’ भन्ने शब्दप्रति अनेक बखेडा निकालेको । आपैmले श्रृजना गरेको समस्यामा महासंघ र स्थानीय पत्रकारलाई पटक पटक दुरुपयोग गरेको ।
बुदाँ न. ङ) ईनरुवास्थित पूर्वाञ्चल सिँचाई डिभिजन कार्यालयका प्रमुखलाई अनावश्यक मानसिक टेन्सन दिई रकम लिनका लागि अनेक बखेडा गरेको र मैले भनेको नमान्ने ? झा नै मन्त्री हो १५ दिनभित्र सरुवा गरिदिन्छु, नभए मैले भने बमोजिम पैसा दे भनेको, पैसा नदिएकाले कान्तिपुर दैनिक पत्रिकामा २०७० साल बैसाख १६ गते समाचार सम्प्रेषण गरेको ।
बुदाँ न. च) पैसाको लेनदेन नमिलेका कारण ईनरुवाका प्र.ना.नि. मनोज पौडेलको भ्रामक खयष्अभ चभअयचमभच को समाचारको विषय बनाई उथलपुथल मचाएको प्रतिवेदन समेतमा रहेको ।
बुदाँ न. छ) पत्रकारिता मानमर्दन समेतको ख्याल नगरी पत्रकारिताको आडमा सर्वसाधारण नागरिक लगायत कार्यालयहरुबाट रकम असुली गर्ने, मानसिक तनाव दिने गरेको साथै निजले
नैतिक मर्यादा बिर्सी मादक पदार्थ सेवन गरी दिनदहाडै सर्वसाधारणसामु अभद्र व्यवहार प्रदर्शन गर्ने गरेको ।
बुदाँ न. ज) स्थानीय संचार संगठनलाई अवहेलित हुने गरी निजबाट अभिव्यक्ति सार्वजनिक गर्दै हिडनु ।
बुदाँ न. झ) राज्यले कालो अर्थात् वान्टेड सूचीमा राखेका अपराधीहरुसँग कुसमयसम्म मादक पदार्थ सेवन गर्नु । आपराधिक मनोवृतिका व्यक्तिसँगको नियमित सम्पर्क बढाउनु ।
बुदाँ न. ञ) जाँडरक्सी खाई घर पु¥याइदिने बहानामा प्रहरी गाडी प्रयोग गरी सर्व साधारणबाट चन्दा आतंक मच्चाउनु । पहँुचको दुरुपयोग गर्नु साथै विभिन्न मातहतका प्रहरी चौकीहरुमा धाकधम्की दिने र सरुवा बढुवा गराई दिने त्रास देखाउनु ।
बुदाँ न. त) केही भारतीय ठेकेदारहरुको सहयोगमा भण्टाबारीको बाँधमा सशस्त्र प्रहरीसँग म यहाँको सि.डि. यो. हुँ भन्नी कुटाकुट गरी, धरानको बि.पी. स्वास्थ्य प्रतिष्ठानबाट मेडिकल जाँच गराई एक रात थुनामा बसेर देशभरीको पत्रकार र पत्रकारिता पेशालाई बदनाम गर्नु ।
बुदाँ न. थ) होटल ब्यवसायीहरुबाट हप्ताबारी लिनु । आदि ।
जेठ १५, सुनसरी
प्रतिक्रिया दिनुहोस् >>