यात्रुबस दुर्घटनामा मर्नेको संख्या १३
पश्चिमी सिन्धुपाल्चोकको हिमाली गाउँ थाङपालकोट-२, छापुल्ने डाँडामा यात्रुबस दुर्घटनामा मर्नेको संख्या १३ पुगेको छ। हेलिकप्टरबाट काठमाडौं ल्याउँदै गरेका थप एकको मृत्यु भएको हो। बाँकी २२ जनाको उपचार काठमाडौंमा भइरहेको छ। उनीहरु सबै गम्भिर छन्। हेलिकप्टरले थप ११ जना घाइतेलाई राजधानी ल्याइएको छ ।
मृतक १२ जना मध्ये १० जनाको सनाखत भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा थाङपाल्कोट-३, का रणबहादुर पण्डित र सविना पण्डित छन्। त्यस्तै थाङपाल्कोट-५ का मिठु सापकोटा, ६ का धने तामाङ, घोताङ-२ का सिनेना लामा, ३ का बुद्धे लामा, ८ का शेरबहादुर लामा, त्यस्तै गुन्छा-८, का छोटे तामाङ, बरुवा-१, का छिरिङ तामाङ र मेन्दो तामाङ छन्। बाँकी दुई जना सिम्पाली काभ्रे पोखरेलीका हुन्। उनीहरुको नाम खुलेको छैन।
भोताङबाट काठमाडौं आउँदै गरेको बा२ख ३६४५ नम्बरको यात्रुबस अघि बिहान सवा नौ बजेतरि थाङपालकोट-२, छापुल्ने डाँडामा दुर्घटना भएको थियो। बस सडकबाट सय मिटल तल खसेको उद्दारकर्ता स्थानीय विजय खत्रीले बताए। १५ जेष्ठ
प्रतिक्रिया दिनुहोस् >>