पत्रकारको पोल खोलिदिने धम्की : महासंघ सुनसरीले पत्रकारसँग स्पष्टीकरण माग्ने
Posted by
purwanews
Published on
Wednesday, May 29, 2013

नेपाली काँग्रेस इटहरी नगर कमिटीले सुनसरीका अन्नपूर्ण पोष्ट दैनिक र न्यूज २४ का सोमनाथ बाँस्तोलाले विगत र वर्तमानमा गरेका कर्तुतहरु बाहिर ल्याइदिने चेतावनी दिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य सूर्यकुमार राईको विषयमा अन्नपूर्ण पोष्टमा जे पायो त्यही समाचार लेखेको भन्दै कांग्रेस इटहरीले उनलाई चेतावनी दिएको हो । केही हप्ताअघि पक्राउ परेका नेविसंघ केन्द्रिय सदस्य सुर्य राईको संरक्षणमा काँग्रेसका नेताहरु लागेको भन्दै केही दिनअघि बाँस्तोलाले अन्नपूर्ण पोष्टमा समाचार लेखेको विषयलाई लिएर काँग्रेसले खण्डन गर्दै सो चेतावनी दिएको हो ।
पौडेलले सिंगो पार्टी पंक्तिको मानहानी भएको भन्दै पत्रकार महासंघ सुनसरीमा उजुरी समेत दिएका छन् । सो क्रममा आफुले बाँस्तोलालाई धम्की दिएको ठहर भए जस्तोसुकै कानुनी कारवाही भोग्न तयार रहेको समेत पौडेलले स्पष्ट पारेका छन् । आफ्नो पोल खोलिने डरले दिँदै नदिएको भौतिक आक्रमणको धम्कीको विषयमा अनर्गल प्रचार गरेको धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले बताएका छन् ।
यता बाँस्तोलाले भने पौडेलले पत्रकार सम्मेलनमा आफूलाई ज्यान लिने धम्की दिएको बताउँदै प्रहरीबाट समेत सुरक्षाकर्मी लिएको जनाएका छन् । उनलेलाई कारवाही गर्न माग गरेका थिए । photo:clickdharan
सुनसरी महासंघले स्पष्टिकरण माग्ने
महासंघको बुधबार बसेको बैठकले पत्रकारहरु सोमनाथ बास्तोलासँग लिखित स्पष्टिकरण माग्ने भएको छ । बाँस्तोलाले आफू कार्यरत् सञ्चारमाध्यममा आफू असुरक्षित भएको व्यहोराको समाचार छपाएपछि असुरक्षित कसरी भएको हो, प्रमाणसहित खुलाएर स्पष्टिकरण दिन तीन दिनको समय दिइ स्पष्टीकरण माग्ने भएको हो ।
पत्रकार महासंघ केन्द्रमा झुटो सुचना दिइ विज्ञप्ती निकाल्न लगाएको र आफ्नो मानहानी गरीएको भन्दै काँग्रेस नगरसभापति पौडेलले समेत महासंघ सुनसरीमा उजुरी दिएपछि महासंघ सुनसरीले स्पष्टीकरण माग्ने भएको हो ।
यस्तै घटनाको विषयलाई लिएर पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष यादवसँग समेत महासंघले मौखिक स्पष्टीकरण लिने भएको छ । महासंघको तर्फबाट सञ्चारमाध्यममा अनाधिकारीक अभिव्यक्ति दिएको भन्दै महासंघले मौखिक स्पष्टीकरण माग्ने निर्णय गरेको हो । बाँस्तोलालाई धम्की दिइएको प्रति महासंघले भत्र्सना गरेको भन्ने अभिव्यक्ति यादवले दिएको अन्नपूर्ण पोष्टमा छापिएको थियो ।
यसैक्रममा बाँस्तोलाको समाचार र सुचनालाई आधार बनाएर पत्रकार महासंघ केन्द्रिय समितिले मंगलबार निकालेको विज्ञप्ती फिर्ता लिएको छ । महासंघको आधिकारीक वेवसाइटमा मंगलबार राखिएको विज्ञप्ती बुधबार हटाएको हो । विज्ञप्तीमा बाँस्तोलालाई आएको धम्कीप्रति भत्र्सना गरिएको थियो । धम्कीको आरोपमा कुनै सत्यता नदेखिएको सुचना पत्रकार महासंघ सुनसरीले दिएपछि पत्रकार महासंघको वेवसाइटबाट हटाइएको हो । पौडेलले इटहरीमा पत्रकार सम्मेलन गरेर जारी गरेको विज्ञप्ती र पत्रकार सम्मेलनमा रेकर्ड गरिएको भिडियोको जाँच पछि बाँस्तोलाको आरोपमा सत्यता नभएको जिकिर गरेको हो ।
जेठ १५, सुनसरी
प्रतिक्रिया दिनुहोस् >>