धरानमा विद्यार्थी संगठनबीच झडप
Posted by
purwanews
Published on
Sunday, May 26, 2013
स्ववियु चुनावको पूर्वसन्ध्यामा धरानमा विद्यार्थी संगठनबीच टकराब सुरु भएको छ ।अनेरास्ववियु र नेविसंघले एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरु बिच कुटाकुट भएको हो ।अखिल क्रान्तिकारी र नेपाल विद्याथी संघको झडपमा अखिलका जिल्ला तहका विद्यार्थीलाई चोटग्रस्त बनाएपछि आइतबार धरानस्थित महेन्द्रबहुमुखी क्याम्पस तनावग्रस्त बन्यो । स्ववियु चुनावलाई लक्षित गर्दै गरिएको साँस्कृतिक कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष जागृत रायमाझीले सम्बोधनमा अखिल र नेविसंघलाई लडाईमै उत्रिन चूनौति दिएपछि नेविसंघसँग झडप सुरु भएको थियो ।। झडपका क्रममा अखिलका जिल्ला सदस्य, क्षेत्रीय अध्यक्ष एवं क्याम्पस कमिटि सचिव मोहन खड्कामाथि आक्रमण भएपछि क्याम्पस तनावग्रस्त बनेको हो ।
प्रतिक्रिया दिनुहोस् >>