एघार बर्सिया बालिकाले बच्चा जन्माइन

कोशी अञ्चल अस्पताल विराटनगरमा आज ११ बर्षीया एक बालिकाले बच्चा जन्माएकी छिन् ।
विहान पौने ५ बजे झापा खुदुनावारी १ की बालिकाले १ केजी २०० ग्राम तौल भएको छोरा जन्माएकी हुन् । नातामा भिनाजुपर्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्माको जवरजस्ती करणीमा परेर गर्भ रहेको अवस्थामा एबीसी नेपाल विराटनगरमा राखिएकी उनले बच्चा जन्माएको एबीसी नेपालकी विष्णु शर्माले बताउनु भयो ।
आमाको स्वास्थ्य अवस्थामा राम्रो रहेपनि बच्चाको पूर्ण विकास नभई जन्म भएका कारण बच्चालाई आइसियूमा राखिएको चिकित्सकले बताएका छन् ।आमा र बच्चालाई एबीसी नै लाने तयारी गरिएको छ। 
गरिबीका कारण गिट्टीकुटेर खानुपर्ने बाध्यता भएकी पीडित बालिका कक्षा ३ मा पढदैछिन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>