पूर्वका ३ वटा टिभीलाई प्रसारण बन्द गर्न निर्देशन : बन्द भए एकसय बढी प्रभावित हुने

सरकारले इटहरीबाट प्रसारण भइरहेको एरिना टेलिभिजनको प्रसारण रोक्न निर्देशन दिएको छ । यस्तै बिराटनगरबाट प्रसारण भइरहेको मकालु टेलिभिजन र दमकबाट प्रसारण भइरहेको हिमशिखर टेलिभिजनलाई पनि केवुलबाट प्रसारण रोक्न सरकारले आदेश दिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय श्रव्य दृष्य तथा प्रसारण शाखाले जिल्ला प्रशासन कार्यालय सुनसरी, मोरङ्ग र झापालाई छुट्टा छुट्टै पत्रचार गर्दै यस्तो निर्देशन दिएको हो ।
मोरङ्गको बिराटनगरबाट प्रसारण भइरहेको मकालु टेलिभिजन, सुनसरीको इटहरीबाट प्रसारण भइरहको एरिना टेलिभिजन र झापाको दमकबाट प्रसारण भइरहेको हिमशिखर टेलीभिजनले भू–सतही प्रणालीमार्फत प्रसारण गर्ने अनुमति लिए पनि केवलको माध्यमबाट समेत प्रसारण गर्दै आएका छन् ।
यसरी प्रसारण गर्नु राष्ट्रिय प्रसारण छैटौं संशोधन नियमावली २०६९ बिपरित भएको भन्दै भू–सतही प्रणालीमार्फत प्रसारण गर्ने व्यबस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
नियमावलीको नियम ८ (ग ५ ) ले भू–सतही माध्यमबाट टेलिभिजन प्रसारण गर्ने इजाजत प्राप्त भएको व्यक्ति वा सस्थाले केवुल वा भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम बितरण गर्ने प्रणली (डाइरेक्ट टु होम )मार्फत बितरण गर्न नपाउने व्यबस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालयलाइ पठाइएको पत्रमा भनिएको छ ‘पूर्वाञ्चलबाट प्रसारण भइरहेका टेलिभिजनहरु मकालु हिमशिखर र एरिना टेलिभिजनले भू–सतही प्रबिधिमा इजाजत लिएकाले सोही प्रबिधिबाट मात्रै प्रसारण गर्न गराउने आदेशा अनुसार अनुरोध छ ।’
अनुमतिपत्र लिएको डेढबर्षभित्र नियमित प्रसारणमा नआएकाले एरिनाको प्रसारण अनुमतिपत्र रद्द भइसकेको भन्दै प्रसारण बन्द गराउन समेत पत्रमा आदेश दिइएको छ । बैशाख ८ गतेको मितिमा पठाइएको पत्रमा राष्ट्रिय प्रसारण नियमावली छैटौं शंसोधनले केवुल र भू–उपग्रहबाट प्रसारण गर्न नपाउने व्यबस्था गरिसकेको अवस्थामा पनि केवुलबाट प्रसारण गरिरहेको सूचना आएकाले गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
तथा मकालु र हिमशिखरले टेरिस्टेरियल प्रविधिका लागि अनुमति लिएर केबुलमार्फत प्रसारण गरेको भन्दै मन्त्रालयले पत्राचार गरेको हो । टेलिभिजन बन्द भए तीन वटा टेलिभिजनमा कार्यरत् एक सय जना भन्दा बढी कर्मचारी, सञ्चारकर्मी प्रभावित हुने र तीन दर्जनको  रोजगारी गुम्ने छ ।
 बैशाख २१, with the help of ujyalo

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>