नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता : डिभिजन २ मा उक्लियो

नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियन भएको छ । बर्मुडामा भएको प्रतियोगिताको फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै नयाँ इतिहास रचेको हो । शिर्ष दुईमा रहनेबित्तिकै यसअघि नै नेपाल डिभिजन २ मा उक्लिइसकेको छ भने आगामी बर्ष हुने एक दिवसीय विश्वकप क्रिकेट छनौटमा स्थान पक्का गराइसकेको छ ।
टस जितेर व्याटिङ रोजेको यूगाण्डाले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एकसय १५१ रन बनाएको थियो ।
१५२ रनको लक्ष्य पछ्याउँदै व्याटिङ सुरु गरेको नेपालकोलागि नटआउट सरद् भेषवाकरले ऐरीसँग उत्कृष्ट साझेदारी गरेपछि नेपालले जित हाँसिल गरेको हो ।
अब नेपालले न्युजिल्यान्डमा १० राष्ट्र सहभागी विश्वकप छनोट चरणमा सहभागिता जनाउने छ । त्यसको शीर्ष दुईमा पर्न सकेमा सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपमा खेल्न पाउने छ भने शीर्ष चारमा रहेका आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा रहने मौका पाउने छ । अहिले च्याम्पियनसिपमा आयरल्यान्ड, नेदरल्यान्डस्, केन्या, स्कटल्यान्ड, अफगानिस्तान, क्यानडा, युनाइटेड अरब इमिरेट्स र नामिविया छन् । च्याम्पियनसिपमा रहेका मध्यबाट शीर्ष दुईले विश्वकपमा स्थान पक्का गर्ने छन् भने बाँकी रहेका टिम र डिभिजन २ मा रहेका पपुवा न्युगिनी, नेपाल, हङकङ र युगान्डाबीच विश्वकप छनोट प्रतियोगिता हुने छ ।
खेलाडीलाई ३ लाख ५० हजार
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सफलता पाउँदै विश्वकप छनोटमा स्थान पक्का गरेको नेपाली क्रिकेट टोली नगदबाट पुरस्कृत हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बोर्ड बैठकले टिमका सहभागी प्रत्येक सदस्यलाई ३ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको राखेप सदस्य सचिव युवराज लामाले जानकारी दिए । वैशाख २३
प्रतियोगिताका सुरुका दुई खेलमै अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना गणितीय मात्र थियो। तर शनिबार राती एकाएक सम्पूर्ण क्रिकेटप्रेमी नेपालीहरुले उत्सव मनाए । अमेरिकालाई पछि पार्दै डिभिजनमा उक्लेपछि नेपालले अब वल्र्डकपको छनौट खेल समेत खेल्न पाउने भएको छ ।
विश्वकप छनौटमा पुग्न इटालीलाई ठूलो अन्तरले पराजित गरेर रनरेट बढाएको नेपालले टाइट बलिङ गरेर इटालीलाई नौ विकेटको क्षतिमा १२७ रनमा सीमित पार्यो । २११ बल बाँकी रहँदै पाएको यो विजयले नेपालको रनरेट ह्वात्तै बढाएर +०.७१५ बनाइदियो।
तर यो मात्र नेपाललाई अघि बढ्न पर्याप्त उपलब्धी थिएन । नेपाल आफ्नो सफलताको लागि अर्को प्रतिद्वन्दी अमेरिकाको हार पर्खिरहेको थियो । त्यो पनि उल्लेखनिय हार । जसले नेपाललाई गणितिय हिसाबले अगाडी बढाओस् ।
बर्मुडा र अमेरिकाबीच भइरहेको खेलमा बर्मुडाले अमेरिकालाई पराजित गर्नुपथ्र्यो । आखिरमा भयो त्यस्तै । पाँच ओभरको खेल बाँकी छँदै बर्मुडाले अमेरिकालाई घुँडा टेकायो। उनीहरुका क्याप्टेन क्रिस डगलसले ७५ बलमा बनाएको ८९ रनले नै नेपाललाई विश्वकप छनौटसम्म पुग्ने ढोका खोलिदियो ।
बर्मूडाको विजयले नेपाल युगान्डासँगै अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन भएको छ। त्यसमा छनौट हुन सके सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप क्रिकेटमा नेपाल सहभागी हुनेछ। २०७० वैशाख २१, photo: nagariknews
प्रतिक्रिया दिनुहोस् >>