अवैध हतियारसहित एक युबक पक्राउ
Posted by
purwanews
Published on
Wednesday, May 22, 2013
सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा गणबाट खटिएको टोलीले मंगलवार बेलुका करीब साँढे ६ बजे अवैध हतियारसहित एक युबकलाई पक्राउ गरेको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ३ घर भई काठमाडौं चावहिल महाँकाल २ मा डेरा गरी बस्ने २३ वर्षिय सूर्य तामाङलाई काठमाडौं चावहिलस्थित हिमालयन मेट्रो गेष्ट हाउसबाट उक्त हतियारसहित पक्राउ गरेको हो ।
निजको साथबाट सशस्त्र टोलीले ‘मेड इन युएस’ लेखिएको एउटा ९ एमएम पेस्तोल तथा सोको दुई थान म्यागजीन र पाँच राउण्ड गोली बरामद गरेको छ ।
बरामद हतियारसहित निज तामाङलाई आवश्यक कारवाहीको लागि प्रहरीमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>
