"अब अमेरिकाले एन आर एनको नेतृत्व गर्नुपर्छ"


गैर आवासीय संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको अधिवेशन आउँदो मे २५ र २६ तारिखमा अमेरिकाको लस एन्जेलसमा हुँदैछ । सोही सेरोफेरोमा एन आर एन अमेरिकाका अध्यक्ष प्रल्हाद केसीसँग  गरिएको कुराकानी :
वार्षिक अधिवेशन मे २५ र २६ हुदै छ, कस्तो तयारीमा हुनु हुन्छ ?
दुई दिने अधिवेसन सोचेको भन्दा राम्रो हुने छ । समुह दिन रात मेहनत गरि रहेको छ र यसको सफलताको लागि १३ वटा स्थानीय संस्थाहरु र २२ वटा संस्थागत संस्थाको साझेदारीमा हुने भएकोले कार्यक्रम उदेश्यमुलक हुने छ ।
अधिवेसन हुनु अघि नै कार्यसूची तयार गरिएको र जल्दो बल्दो समस्यामा छलफल गर्ने र सबैलाई समेट्ने हुनाले यो सम्मेलन ऐतिहासिक हुने छ । नेपाल र प्रवासमा साझा उदेश्यको साथ काम गर्ने मूल मन्त्र अगि सारेका छौ । सम्पर्क ,एकता र सफलता भन्ने नाराले यो अधिवेसन कोसे ढुंगा साबित हुनेछ ।

तपाईंहरुले यो सम्मेलनमा के कस्ता सवालमा केन्द्रित हुनुहुनेछ ?
एन आर एन अमेरिका ,रोजगारीको लागि संजाल निर्माण तथा ब्यबसायिक विकासको लागि पूलको काम गर्ने छ । दोहोरो नागरिकता, दुई देश बीच रहेको दोहोरो कर सन्धि सम्बन्धमा सचेतना जागृत गर्ने, अमेरिकन नेपालीहरुको लागि राजनैतिक तथा सरकारी स्तरमा सशक्तिकरण प्रवद्र्धन गर्ने तथा नेपालमा लगानी सम्बन्धमा एन आर एन अमेरिकाले बृहत छलफल गर्नेछ ।

किन दोहोरो नागरिकताको सवालको सम्बोधन हुन सकेको छैन ?
यसको लागि सबै ए आर एन एक ढिक्का हुनु पर्ने हुन्छ । हामीले यो कुरालाई त्यागेका छैनौ । मेरो नेपाल भ्रमणमा पनि सबै राजनीतिक दलका नेता तथा सम्बन्धित निकायका व्यक्तित्वसंग यो कुरा उठाएको छु । घच्घचाउने हाम्रो काम हो र यस बिषयमा हामी गम्भीर छलफल गर्ने छौ ।

नेपालमा हुन लागेको विश्व गैर आवासीय संघको आगामी सम्मेलनमा एन आर एन अमेरिकाको के भूमिका रहन्छ ?
नेपालमा गैर आवासीय संघको सम्मेलन नेपालमा हुँदैछ । अगाडीको सम्मेलनमा अमेरिकाले कुनै उल्लेखनीय पद हात पारेन । अमेरिकाको अहम भूमिका रहेको थियो । अमेरिका सम्पूर्ण बिश्व कै नेतृत्व गर्ने राष्ट्र हो । हाम्रो नेतृत्व कालमा विगतका कमजोरी सुधार्दै र बाँकी रहेका कामलाई प्राथमिकताको साथ फत्ते गर्दै अगि बढ्ने छौ । अब अमेरिकाले एन आर एनको नेतृत्व गर्नुपर्छ ।

चुनावको बिषयमा अझ विवादास्पद छ यसले आयु लम्बाउने त हैन ?
एन आर एन अमेरिका धेरै पुरानो छैन । संस्थागत रुपमा पूर्ण विकसित भैसकेको छैन । आफुले नेतृत्व लिए पछि सर्वप्रथम यो संस्थालाई जोगाउनु पर्ने परम कर्तब्य थियो । अस्तितित्व नमेटियोस भनेर नेतृत्व पश्चात कमि कमजोरीको रुपमा रहेका सदस्य सुची तैयार गर्ने, हाउस अफ डेलिगेसन, विधानअनुसार सदस्यभन्दा, हाउस अफ डेलिगेसनबाट नेतृत्व चयन हुने वैधानिकता रहेकोले त्यो मूल समस्या हो । त्यसको लागि पहल, आर्थिक पारदर्शिताको सवालमा हिसाब किताब चुस्त र दुरुस्त बनाउने, विधान संसोधनको लागि बृहत गृहकार्य गर्न समय खर्च गर्नु पर्छ । यो अधिवेसनपछि वातावरण निर्माण गर्दै उचित समयमा चुनावको मितिको घोषणा गर्ने आफ्नो सोच रहेको र अरु सबै काम पूर्ण भएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>