पूर्व सभासद सदरुल मियाँको हत्या

पूर्वसभासद् सदरुल मियाँ हकको सोमबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको उनको घाँटी रेटी हत्या भएको प्रहरीले बताएको  हत्यापछि सप्तरीको कल्याणपूर शोकमग्न
सप्तरी जिल्लाको कल्याणपुर- बिसनपुर चौकमा  पेट्रोलपम्पमा रहेको भवनमा सुतिरहेको अवस्यामा राति नै उनको हत्या भएको स्थानीयबासीले बताएका छन् हत्याराको खोजी गरी कारबाहीको माग गर्दै स्थानियले सप्तरीमा राजमार्ग अवरुद्ध पारेका छन् ।आफन्त स्थानियले हत्यारालाई पहिचान गरि कारबाही नगरिएसम्म पोष्टमार्टमका लागि  शब लैजान नदिएको प्रहरीले जनाएको
सप्तरीको कल्याणपुरमा पूर्वसभासद मियाको इटाभट्टा उद्योग पेट्रोलपम्प व्यवसाय बिसनपुर चौकमा आफ्नो घरभन्दा सय मिटर टाढा  पेट्रोल पम्पमा उनको हत्या भएको हो मियाँ २०६४ सालमा सप्तरी क्षेत्र नंबर बाट संविधानसभाका लागि स्वतन्त्र उमेद्वारको रुपमा निर्वाचित भएका थिए
कल्याणपुर निवासी मियाले स्वतन्त्र उमेद्वारका रुपमा १० हजार सय  मत ल्याएर जितेका थिए मियाँ नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्ति हुन ।पूर्वसभासद मिया एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २० दलीय गठबन्धनको सदस्य समेत भएका  थिए घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>