बिजुली बल्ने आशामा ६ वर्षदेखि पोल हेर्दै


जिल्लाको उत्तरी गाविस वोयाका लागि दुई वटा संयोग जुरेका छन् । एक, छ बर्ष अघि संविधानसभा चुनावको अन्तिम तयारी हुदै थियो । दुई, पुनः छ वर्ष पछि यतिबेला पनि संविधानसभाको नयाँ निर्वाचनको चर्चा चलिरहेको छ । अघिल्लो चुनावताका विजुली बाल्ने भनेर पोल गाडिएको वोया गाविसका बासिन्दाले पुनः दोस्रो चुनावको चर्चा हुदा सम्म अझै विजुली बाल्न पाएका छैनन् । चुनाव अगाडि नै विजुली बाल्नका लागि अधिकांश वडामा विजुलीको पोल गाडिएको थियो । घरको करेसावारी मै विजुलीको पोल गाडिएपछि स्थानीयमा विजुली बल्ने आशा बढेको थियो । कतिले त घरमा वाईरिङ समेत गरेका थिए । तर अहिलेसम्म पोलमा तार टाग्ने र केही ठाउ“मा ट्रान्सफर्मर राख्ने सिवाय अरु कुनै काम भएको छैन । 
अहिले आएर पोलमा चढाइएको ट्रान्सफरमर कालोसुचीमा परेको प्राधिकरणले जनाएको छ । चीनको एक कम्पनीले उत्पादन गरेको नेपालमा ल्याईएका करिव ३०० वटा ट्रान्सफरमर कालोसुचीमा परेको र सोही सामान वोयामा पनि जडान भएको नेपाल विद्युत प्राधिकरण भोजपुरका शाखा प्रमुख रविन्द्रकुमार यादवको भनाई छ । “जडान भएको ट्रान्सफरमर झिकेर फिर्ता गरी अर्को ट्रान्सफरमर ल्याउनु पर्ने हुन्छ, चिनको कम्पनीले कालोसुचीमा परेको ट्रान्सफरमर लैजाने र अर्को दिने सहमति गरेको छ । अर्को ट्रान्सफरमर ल्याएर जडान गरी विजुली बाल्न अझै करिव ५/६ महिना लाग्न सक्छ ।” उनले भने ।
शाखा प्रमुख यादवले ५/६ महिना लाग्ने बताएपनि विजुली बल्न कम्तिमा १ वर्ष भन्दा बढि लाग्ने बोया–४ का स्थानीय मानबहादुर तामाङ्ग बताउँछन् । “यातायातको अभावमा सबै सामान मानिसले बोक्नु पर्ने हुदा ढिलो हुने उनको भनाई छ । गाविस पुछार पित्तिम देखि विहीवारे वजारसम्म संविधान सभाको चुनाव अगाडि नै  टाँगेका केही स्थानका तार चट्याङ्ग लागेर चुडिएको छ भने कतिपय पोल भत्किएका छन् । कतिपय ठाउँमा विजुलीको पोल स्थानीयवासीले घरायसी प्रयोग गरेका छन् । विजुली बाल्नको लागि २ वर्ष अगाडि मात्र अर्को ठेकेदारले ठेक्का लिएको थियो ।
सो कम्पनीले ठेक्का कबोल बमोजिम विजुलीका तार, ट्रान्सफरमर, पोल लगायतका सामग्री निर्माण स्थलमा पु¥याईसकेको छ । तर केही पोल, ट्रान्सफरमर तार लगायतका कतिपय सामग्री वोया सिरान भीरथाप्लामा १ वर्ष देखि थन्किएको छ । विद्युत विस्तारको लागि गएको आर्थिक वर्षमा १५ केभिएको २ वटा र २५ केभिएको २ वटा ट्रान्सफर्मर, मुख्य लाईन र शाखा लाईनको लागि ३ हजार मीटर तार र २६ वटा मुख्य लाइनको पोल छुट्याएको थियो । त्यसमध्ये २ वटा २५ केभिएको ट्रान्सफरमर मात्र पोलमा चढाइएको छ । बाकी २ वटा ट्रान्सफरमर २६ पोल र आधा जसो तार अलपत्र अवस्थामा पाखामै रहेको छ । “बिजुली बाल्ने आशले घरमा वाईरिङ गरियो, यतिका वर्ष वित्दा समेत विजुली पाल्न पाइएको छैन् स्थानीय धनमति तामाङले निराश हु“दै भनिन् । 
दोस्रो ठेकेदारका सहायक भनिने अमर लामा भने स्थानीयले विजुली बाल्न चासो नदिएको आरोप लगाउ“छन् । तर उनै लामाले करिव डेढ वर्ष अगाडि समिति गठन गरेर ३ महिनामा विजुली बाल्ने प्रतिवद्धता जनाएका थिए । वोया गाविस संगै पोल विस्तार गरिएको देउराली साङपाङ केउरेनीपानी, मुलपानी कुलुङ्ग चम्पे लगायतका गाविसमा संविधान सभाको चुनाव अगाडि नै विजुली बलिसकेको छ ।
गुनासोको पोको 
विजुली बाल्ने आशामा स्थानीयले पोल र तार समेत बोकेका थिए । पोल र तार बोकेको ज्याला दिने भनेर पहिलो ठेकेदारका सहायक सुर्य तामाङ्ग र प्राधिकरणका कर्मचारी भारतीले आश्वासन दिएका थिए । तर अहिलेसम्म पोल बोकेको कुनै ज्याला पाउन नसकेको स्थानीयले गुनासो गरेका छन् । उपभोक्ता समितिले समेत पटक–पटक ठेकेदारका सहायक तामाङ्ग र कर्मचारी भारतीलाई भेटेर आग्रह गरेपनि अहिले सम्म आलटाल गर्दै आएको समितिका अध्यक्ष इन्द्रकुमार श्रेष्ठको भनाई छ । स्थानीयले देउराली गाविसको गैरीगाउ“ देखि बोया विहीवारे सम्म गाडिएका पोल र टा“गिएका तार संखुवासभाको सातटारेदेखि नाम्लोको भरमा २ दिन लगाएर बोकेका थिए । “विजुली बल्ने आशमा बोल र तार बोक्यौ न बिजुली बल्यो न ज्याला पाईयो ।” बोया–३ का स्थानीय धनप्रसाद राईले गुनासो गरे । 
कहिलै नआउँने ठेकेदार 
विजुली विस्तारको लागि २ वटा ठेकेदार फेरिइसके पनि कुनै ठेकेदार अहिलेसम्म निर्माण स्थलमा पुगेका छैनन् । स्थानीयलाई मुख्य ठेकेदारको नाम र ठेक्का लिने कम्पनीको नाम समेत थाहा छैन् । अहिले सम्म २ जना ठेकेदारले विजुली बाल्ने ठेक्का लिए पनि सहायक ठेकेदार मात्र साइटमा पुगेका छन् । उनी पनी केही समयको लागि मात्र पुगेका थिए । पहिलो ठेकेदारका सहायक भनिने सुर्य तामाङ्ग र कर्मचारी धनप्रसाद भारती मात्र साईटमा गएका थिए । उनीहरुले नै विजुलीका पोल र तार विस्तार गरेका थिए । 
त्यस्तै दोस्रो ठेकेदारका पनि सहायक भनिने अमर लामा मात्र साईटमा गएका छन् । लामाले वोया पुग्ने वित्तिकै विद्युत उपभोक्ता समिति गठन गरेका थिए । तर अहिले सम्म समितिले  के काम गर्ने हो समितिलाई नै थाहा छैन । “देखाउनलाई समिति बनाए पनि अहिले सम्म कुनै काम समिति मार्फत गर्न भनेको छैन् लामाले गठन गरेको समितिका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले भने । ठेकेदार साईटमै नआई कागजी रुपमा निर्माण सम्पन्न भएको कागज मिलाएको हुन सक्ने अध्यक्ष श्रेष्ठले आशंका व्यक्त गरे । केन्द्रबाट ठेक्का लिएर आउने गरेको कारण ठेकेदारले सहायकको भरमा काम गराएर वजेट सिध्याएको स्थानीयको भनाई छ ।
ध्रुव सुवेदी, भोजपुर, baisakh 20

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>