बाबुराम भट्टराईले राजनीति छोड्ने संकेत

पुर्व प्रधानमन्त्री तथा एमाओवादी पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले हाल आफूले गर्दै आएको राजनितिबाट पछि हट्ने संकेत गरेका छन् ।
ट्विटरमा गरिएको एक बहसमा बाबुरामले हालको राजनीति छोड्दै अर्थराजनीति तिर लाग्ने बताएका हुन् ।
ट्विटरमा ‘अब राजनीति होइन अर्थ राजनीती गर्ने वाइसिएल परिचालन गर्नुपर्यो । राजनीती अरूले गरून, तपाई अर्थ राजनीति, विकासमा लाग्नुस्, शुभकामना ।’ भन्ने सुझाव आएपछि सुरिएका बाबुरामले भने,’मेरो व्यक्तिगत रूची पनि राजनिति भन्दा अर्थशास्त्र हो र म एमाओवादीले अर्थ लिएको फोकसबाट खुसी छु ।’ बाबुरामले फर्काएको जवाफलाई हजारौले हेरे ।
एउटा सामान्य व्यक्तिलाई सहज जवाफ दिएका बाबुरामले चर्चित पत्रकार गंगा बिसीले प्रश्न सोधेपछि झंसग भएका थिए । बिसीले अंग्रेजीमा एउटा प्रश्न तेर्साइहाले, ‘तपाईको विचारमा तपाईको पार्टी आर्थिक क्रान्तीको लाइनमा हिडेको छ त ?’
आफ्नो ट्विटरबाट समाचार बन्दैछ भनेर बुझिसकेका बाबुरामले अब बिसीलाई गोलमटोल जवाफ दिएर घुमाइदिए ।
अंग्रेजीमा लेख्दै बाबुरामले भने, ‘क्रान्ती भनेकै अग्रगामी रूपान्तरण हो, राजैतिक आधार र आर्थिक आधारमा, पहिलो हामीले अघिल्लो पारमा ध्यान दियौं, अहिले दोस्रो चरणमा ध्यान दिँदै छौ ।
बिसी र बाबुरामको ट्विटर कुराकानी चुपचाप हेरिरहेका, माओवादीकै विरोध गर्न जन्मिएका आरोप लाग्ने गरेका कनकमणीले जवाफ फर्काइहाले ।
उनले बाबुरामलाई पहिलो चरण अर्थात पोलिटिकल सुपरस्ट्रक्चरमा के गर्यौ भनेर बाबुराम विरूद्द धारेहात लगाए ।
ट्विटर नै छिन तनावग्रस्त रह्यो । बहस चर्किन थालपछि एक युवाले बाबुराम र कनकमणिलाई जवाफ दिँदै भने ” दुइ बुढा गोरूले ट्विटरमा उर्लिएर केही लछारिन्न । यो गए गुज्रेको पुस्तानै नेपालको अभिशाप हो । पालो हाम्रो ।’
बाबुराम भट्टराईले यसरी राजनीति छोड्छु भनेपछि यसको दुइ अर्थ लगाइएको छ । उनका समर्थकले बाबुरामले अहिले भइरहेको राजनितिलाई छोडेर देश र उनको पार्टीलाई अर्थप्रधान राजनीति तर्फ डोर्याउन लागेको विश्लेषण गरेका छन् भने कनकमणी दिक्षित लगायतले  भने दश वर्षको हिंसात्मक जनयुद्धको स्वामित्व लिनबाट उनी पछि हटेको अर्थ्याएका छन् ।(netptrika)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>