प्रचण्ड र ज्ञानेन्द्रका बुहारीको दुःख

माओवादी सुप्रिमो प्रचण्डपुत्र प्रकाशले ०६५ माघ मा कास्कीकी सिर्जना त्रिपाठीसँग मागी विवाह गरेका थिए सिर्जना प्रकाशबीच मागी विवाह हुँदा केटाकेटीको भन्दा पनि परिवारको भूमिका बढी थियो प्रचण्डपत्नी तथा प्रकाशकी आमा सीताको पहलमा मागी विवाह भएको बताइन्छ
विवाहपछि आपसी सम्बन्ध राम्रो नहुँदा नहुँदै पनि प्रकाश सिर्जनाको वैवाहिक जीवन चलेकै थियो तर सगरमाथा चढ्न सँगै गएका प्रकाश बीना मगरबीच आधार शिविरका घटनाक्रम मिडियामा आएपछि सिर्जना तनावमा आइन् यसले प्रचण्डनिवास लाजिम्पाटदेखि सिर्जनाको माइती हेम्जासम्म ठूलै बबन्डर मच्चायो माओवादी पार्टीभित्रै यो प्रकरण बहसमा आउन थाल्यो यसअघि यस्तै समस्या माओवादी नेता सीपी गजुरेलका छोरा-बुहारीमा देखिएको थियो
विवाहपछि उतार-चढावमै सिर्जना प्रकाशको दाम्पत्य जीवन चलेको थियो झन्डै चार वर्ष खट्टामीठा सम्बन्धमा त्यतिबेला नाटकीय मोड आयो जब प्रकाशले विद्यार्थी नेतृ बिना मगरलाई लिएर अचानक बेपत्ता भए देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष, पूर्वप्रधानमन्त्री जनयुद्धको विगतसहित पहिचान बनाएका प्रचण्डको परिवारमा बुहारी भएर भित्रिएकी सिर्जजाले जे सोचेकी थिइन्, प्रकाश २२ असार ०६९ मा अर्की युवती लिएर बेपत्ता भएपछि घटनाले नयाँ मोड लियो तर सिर्जना प्रकाशलाई नजिकबाट जान्नेहरू यो प्रकरण निमित्त कारण भएको उनीहरूबीच विवाह भएदेखि नै राम्रो सम्बन्ध नरहेको बताउँछन् बिनालाई लिएर बेपत्ता भएपछि उनीहरूको सम्बन्ध देखिने गरी विवादमा आयो, जब कि त्यस अगाडिसम्म विवाद घरको पर्खालभित्रै सीमित थियो
बिनासँगको सम्बन्ध धेरै नजिक पुगेको त्यतिबेला पुष्टि भयो, जब प्रकाश ०६९ असारमा अचानक गायब भए प्रकाश २२ असारमा विद्यार्थी नेतृ मगरलाई लिएर भागेका थिए उनी बिनालाई लिएर भागेपछि पार्टीले प्रकाशमाथि कारबाही नै गर्यो तर प्रकाश कारबाही भोग्न तयार भए बिना छाड्न तयार भएनन् यसपछि सिर्जनाले अब लाजिम्पाटसँगको आफ्नो पारिवारिक सम्बन्ध धरापमा परेको महसुस गर्न थालिन् यो घटनाले प्रचण्डको बुहारी सिर्जनालाई ठूलै रेक्टरको भूकम्प गएजस्तो भयो
सिर्जनामाथि प्रकाशको आरोप
पहिलादेखि नै प्रकाश सिर्जनाबीच राम्रो सम्बन्ध थिएन विवाहपछि सिर्जनालाई प्रकाशको बानीव्यहोरा मन परेको थिएन भने प्रकाशलाई सिर्जनाको आरचणमाथि शंका थियो यस्तै शंकैशंकाबीच चलेको प्रकाश-सिर्जना वैवाहिक सम्बन्धलाई धरापमा पार्ने रसायन बन्यो, प्रकाश-बिना प्रकरण प्रकाशले बिनालाई लिएर बेपत्ता नभएको भए पनि प्रकाश-सिर्जना सम्बन्ध सहज हुन्थ्यो भन्ने बलिया आधार थिएनन् किनभने उनीहरूबीच किचनदेखि बेडरुमसम्म समस्या देखिएका थिए एक-अर्काप्रतिको विश्वासमा क्रमशः खिया लाग्दै गएको थियो
पोखरास्थित एक पत्रकारका अनुसार सिर्जनाको पहिलेदेखि नै एक केटा साथी थिए प्रचण्डको परिवार भनेपछि सिर्जनाको बुवाले छोरीको विवाह प्रस्ताव अस्वीकार गर्न नसकेको उनी बताउँछन् विवाहपछि पनि सिर्जनाको केटा साथीको फोन, एसएमएस आदान-प्रदान हुने गरेको बताइन्छ प्रकाशले आमा सीता नजिकका साथीसँग सिर्जनाको व्याइफ्रेन्ड रहेको उसले एसएमएस पठाउने गरेको गुनासो गर्न थाले यो विषयमा प्रकाश सिर्जनाबीच पटक-पटक झगडै पथ्र्यो एउटै कोठामा बस्ने उनीहरूबीचको सम्बन्ध राम्रो बन्न सकेन
प्रकाश सिर्जनालाई नजिकबाट जान्नेहरू विवाह भएको तीन/चार महिनामै प्रकाश सिर्जनाबीच आपसी मनमुटाव देखापर्न थालेको बताउँछन् एक-अर्काबीच आरोप प्रत्यारोप लाग्न थाल्यो जब प्रकाशले सिर्जनाबारे अनेकाँै कुरा आमा सीतासँग राखे, तबदेखि सीताको सिर्जनाप्रतिको दृष्टिकोण क्रमश बदलिन थाल्यो ससुरा प्रचण्डले बुहारी सिर्जनालाई निकै माया गर्थे तर सीताको दृष्टिकोण भने क्रमशः नकारात्मक बन्दै गयो प्रकाश-सिर्जना सम्बन्धलाई समुधर बनाउनेतिर सीताको भूमिका नदेखिएको सिर्जनाका आफन्तको आरोप
परिवारमा समस्या देखिँदा विवाह भएपछि पनि सिर्जना माइतीघरमै बस्न थालिन् प्रकाशलाई यो कुरा चित्त बुझेको थिएन विवाह गरेर आएपछि अर्को केटासँग सम्बन्ध रहेककै कारण सिर्जना माइतीघर बस्ने गरेको प्रकाशले शंका गर्न थाले उनीहरू आपसमा टाढा-टाढा हुँदै गए कहिलेकाहीँ मात्र दम्मतीको भेट हुने अवस्था आयो प्रकाशले सिर्जनाले आफूलाई तनाव दिने गरेको भन्दै धेरै मदिरा पिउन थाले उनीहरूको घरमा झगडा हुन थाल्यो प्रकाशले आफ्ना नजिकका साथीसँग भन्ने गर्थे- सिर्जनाका कारण मलाई तनाव भयो
प्रकाश सगरमाथा चढेर फर्केपछि उनको बिनासँगको सम्बन्धमा समाचार आयो स्रोतका अनुसार त्यसपछि सिर्जनाले अध्यक्ष प्रचण्डसँग आफू प्रकाशसँग बस्न नसक्ने अब कहिल्यै फर्केर लाजिम्पाट नआउने बताउँदै पोखरातिर लागेकी थिइन् सिर्जनाले त्यतिबेला डिभोर्ससमेत मागेकी थिइन् तर प्रकाश त्यता लागेनन् बरु बिनालाई लिएर अचानक बेपत्ता भए
प्रकाशलाई कारबाही भएपछि पनि केही समय सिर्जना आफ्नो छोरोसँग लाजिम्पाटमै बसिन् जब प्रकाश बिनालाई लिएर बेपत्ता भए, त्यसपछि उनी माइतीघर लागिन् लाजिम्पाटबाट निस्कँदा सिर्जनाले डिसोर्भको मानसिकता बनाएर पोखरा लागेकी थिइन् तर क्रमशः उनलाई राजनीतिक संरक्षण गर्न थालिएको स्रोतका अनुसार उनले अहिले प्रचण्डसँग पहिला गरेको कुरा बदलेकी छन् विभिन्न महिला अधिकारकर्मीले सिर्जनालाई उचालेका छन्, त्यही भएर अहिले केही कुरा बदल्न खोजेजस्तो देखिन्छ,’ स्रोत भन्छन् समस्याको हल खोज्न प्रचण्ड स्वयम् पनि पोखरा पुगेर सिर्जनाका आफन्तसँग भेट गरेका थिए तर, अझै यो समस्याको हल हुन सकेको छैन
प्रकाश अहिले सिर्जनाले छोडपत्रका लागि तयार भए हुन्थ्यो भन्ने चाहन्छन् तर केही सर्त अगाडि सारेकी सिर्जनाले यो प्रकाशको प्रस्ताव स्वीकार गरेकी छैनन् निलम्बन फुकुवापछि प्रकाशले सञ्चारमाध्यममा आफ्नो प्रतिक्रिया दिँदै आफूबाट गल्ती भएको स्वीकारेका छन्
आर्थिक समस्या थिएन, हिमानीलाई सामाजिक प्रतिष्ठाको समस्या पनि थिएन उनलाई अपुग केही थिएन छैन पनि तर, पति पारसकै चिन्ताले उनी सधैँ दुःखी बुहारी भएर बस्नुपरेको पति पारसको बानी व्यहोराका कारण उनी निकै तनावमा छिन् लामो सयमदेखि पतिलाई सुधार्न उनले धेरै प्रयास गरिन् तर प्रयत्न असफलजस्तै भए पूर्वयुवराज्ञी हिमानी पतिको दीर्घायुको कामना गर्दै आफ्नै घर प्रांगणमा रहेको मन्दिरमा दैनिकजसो पूजाआजा गर्थिन् तर पारसलाई पत्नीको त्यो कामनाप्रति कुनै साइनो थिएन बरु पारस आफ्नै तालमा हिँड्थे, मस्ती गर्थे आफ्नैखालको जीवन जिउँथे
पारस गत भदौ ११ मा बैंकक गएपछि हिमानीले एक्लो जीवन बिताइरहेकी थिइन् हिमानी काठमाडौंमा पारस बैंककमै थिए, एक-अर्काबीच संवादसमेत हुन छाडेको थियो तर उनीहरूको जीवनमा पागुनको पहिलो साता नयाँ मोड आयो बैंककमै रहेका बेला पारस जीवनमरणको लडाइँ लड्नेगरी बिरामी परे, यसले हिमानीलाई झन्झन् चिन्तित बनायो पारस बैंककमा बिरामी हुनुपूर्व कम्तिमा पनि महिनादेखि हिमानी पारसबीच फोनमा समेत संवाद हुन सकेको थिएन बैंककमा थाई गर्लफ्रेन्ड सँग बस्दै आएका पारसलाई हिमानीको दिनचर्या चाहनाबारे कुनै चासो थिएन
पारसको मदिरा लत छुटाउन हिमानीले सक्दो प्रयत्न गरिन् एकपटक हिमानीले पारसलाई काभ्रेको पलान्चोक भगवती मन्दिरमा लगेरअबदेखि मदिरा पिउँदिनँभनेर कसम खुवाउन लगाएकी थिइन् विगतमा आफ्नो पतिलाई मदिरा गलत साथीको संगतबाट छुटाउन हिमानीले निकै प्रयत्न गरेकी थिइन् देशमा गणतन्त्र आएपछि हिमानी सफल पनि भएकी थिइन् हिमानीकै सल्लाहमा पारसले पाँच वर्षअगाडि दसैँको बेला कपालको चुल्ठो काटेका थिए
पारस बिरामी भएकै बेला उनकी थाई प्रेमिका कर्निका लिनसँगको सम्बन्ध भने बिग्रेको खासगरी पत्नी हिमानी बैंकक पुगेपछि पूर्वयुवराज पारस शाहको थाई प्रेमिका लिनसँग सम्बन्ध धरापमा परेको हो लिन आफैँ पारससँग टाढिएकी छिन् बैंककमा हृदयाघात हुँदा लिनले नै पारसलाई अस्पताल पुर्याइन् रेखदेखसमेत गरिन् अस्पतालमा भर्ना गरेलगत्तै उनले पारसनिकटका गैरआवासीय नेपालीलाई खबर गरेकी थिइन् तर, हिमानी बैंकक पुगेपछि लिन पारससँग नजिक हुन सकिनन् पारस लिनलाई आफ्नी प्रेमिका नभई साथी मात्र भएको बताउँथे लिन काठमाडौं आएका बेला एउटा कार्यक्रममा पारससित उनको भेट भएको थियो त्यहीँबाट पारस लिनबीचको सम्बन्ध सुरु भएको थियो लिन पारसलाई भेट्न काठमाडौं पनि आउने गर्थिन्
पारस काठमाडौंमा हुँदा हिमानीले खोलेको हिमानी ट्रस्ट पनि चर्चामै थियो आफ्नो ट्रस्टका कार्यक्रम प्रचार लिएर हिमानी दोलखाको गाउँ-गाउँ पुगेकी थिइन् जब पारस बैंककमै बस्न थाले तब हिमानी ट्रस्टमा पनि क्रमशः प्रभाव पर्न थाल्यो अहिले हिमानी ट्रस्ट गुमनामजस्तै भएको पुल्चोकमा रहेको कार्यालय सारिएको नयाँ कार्यालयमा पनि प्रायः ताला लागेको हुन्छ कार्यक्रम बन्दजस्तै हिमानी आफँैले त्यति ध्यान दिन छाडेकी छन्
mirror

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>