आएपीएलमा म्याच फिक्सिङ : पैसा र सुन्दरीको प्रयोग (अपडेटसहित)


स्पॉट फिक्सिंग : दागी खिलाड़ी आमने-सामने, श्री संत का लैपटॉप और डायरी जब्तखेल तथा प्रतियोगिताहरुलाई बारम्बार म्याच फिक्सिङको आरोप लाग्ने गरेको छ । म्याच फिक्सिङ त्यस्तो योजना हो, जसमा कुन टिमलाई जिताउने र कसलाई हराउने भनेर खेलाडीहरुमा सहमती हुन्छ । इण्डियन प्रिमियर लिग आइपीएलमा समेत म्याच फिक्सिङ भएको रहस्य खुलेको छ ।
फिक्सिङको आरोपमा भारतीय प्रहरीले राजस्तान रोयल्स टिमका एस श्रीसंत, अजीत चंदेला र अंकित चव्हाणलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ ।
श्रीशांत...ये क्या किया!फिक्सिङका क्रममा खेलाडीहरुसँग युवतीको गोप्य भिडियो खिँचेर खेलाडीहरुसँग ब्लाकमेल गर्ने समेत तयारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जबकी फिक्सिङको क्रममा भएका सम्झौता र फिक्सिङमा मुछिएका बुकीसँग खेलाडीहरुको सम्बन्धबारे होटलको सीसी क्यामेराको रेकर्ड समेत जाँचबुझ भइरहेको छ । फिक्सिङवापत पाएको पैसाको खोजी प्रहरीले गरीरहेको छ । त्यसको लागि तीन जनै खेलाडीहरुको बैंक खाता जाँच गरीरहेकोछ । आरोपित खेलाडीहरुले आरोप स्वीकारेको जनाइएको छ । यता आरोपितका परिवारले भने फसाइएको दावी गरेका छन् ।
फिक्सिङ भएको भनिएका म्याचहरुको असंपादित फुटेजको पनि अनुसन्धान भइरहेकोछ । फिक्सिङको खुलासापछि भारतीय क्रिकेट कंट्रोल बोर्डको आपतकालिन बैठक डाकिएको छ । भारतीय क्रिकेटकै सबैभन्दा ठूलो प्रतिष्पर्धामा फिक्सिङको खुलासापछि विभिन्न कोणबाट फिक्सिङको विरोध गरिएको छ । फिक्सिङ खुलासासँगै क्रिकेट प्रेमीहरुले सम्बद्ध खेलाडीहरुको तस्वीर जलाएर विरोध गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा पूर्वन्युज, जेठ ५


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>