‘एमाओवादी खुइलिएको स्याल’ : खनाल


एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाओवादीको कारण देशको स्वतन्त्रता नै संकटमा परेको आरोप लगाएका छन् ।
एमाओवादीको सरकारका समयमा भारतसँग गरिएको विप्पा सम्झौतातर्फ इगिंत गर्दै त्यसैका कारण स्वतन्त्रता संकटमा परेको उल्लेख गरे । उनले आगामी निर्वाचनमा ठूलो पार्टी बन्ने बताउँदै चुनवमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।
उनले एमाओवादी खुइलिएर स्याल भइसकेको टिप्पणी गरे । ‘एमाओवादी ओढारबाट निस्किएको बाघ जस्तो थियो, उनले भने ‘तर, ६ वर्षमा खुइलिएको स्याल भइसकेको छ । त्यसैले कसैलाई तर्साउन नखोजे हुन्छ ।’ अबको निर्वाचनमा एमाओवादीलाई बत्ति बालेर खोज्नु पर्ने उनले दावी गरे ।
नेताले बोल्न पाएनन्
मौसम प्रतिकुलका कारण १५ बढी नेताहरु बोल्ने कार्यक्रम राखिए पनि कार्यक्रममा चार जना नेताले मात्रै बोल्ने अवसर पाए । कार्यक्रम सुरु हुनु पूर्व प्रचण्ड घाम लागे पनि कार्यक्रम भइरहँदा एक्कासी हावाहुण्डरी चलेपछि नेताहरुको बोल्ने कार्यक्रम नै छोट्याइएको थियो ।
जिल्लाका दलित नेता डिवी साह संकर र मोरगका जिल्ला अध्यक्ष महेश रेग्मीको पालो नसकिँदै हावाहुण्डरी सुरु हुन लागेपछि पूर्व सभामुख सुवास नेम्वाग, महासचिव इश्वर पोखरेल, केन्द्रीय सदस्य लालबाबु पण्डित, राजेन्द्र गौतमलगायतलाई बोल्न नदिइ अध्यक्ष खनाललाई बोलाइएको थियो । हावा हुण्डरी र पानीले कार्यक्रम बिथोल्नै लाग्दा खनालले एमाओवादी भनेको हावा हुण्डरी झै आंशिक भएको दाबी गर्दै एमाले सदावहार पार्टी भएको जिकिर गरेका थिए ।
कार्यक्रम बिचैमा अवरुद्ध भएपछि आठ सय बढी पार्टीमा प्रवेश गर्ने भनिएको कार्यक्रम आइतबारका लागि सरेको छ । कम्युनिष्ट योद्धाहरुलाई गरिन लागिएको सम्मान समेत आइतबारलाई सारिएको थियो । आइतबारको बन्दसत्रमा जनवर्गीय संगठनसहित ६०५ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । अधिवेशनले ७१ सदस्यीय पूर्ण समानुपातिक समिति चयन गर्ने जनाइएको छ ।
भोजराज श्रेष्ठ, धरान, ४ बैसाख

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>