मसुरो उत्पादनमा नेपाल बिश्वको छैटौं स्थानमा
Posted by
purwanews
Published on
Friday, May 17, 2013
दलहन बालीको सूचीमा पर्ने मसुरो उत्पादनमा नेपाल अघिल्लो वर्षको दाँजोमा एक स्थान तल झरेर छैटौं स्थानमा पुगेको छ । अदुवा उत्पादनमा भने तेस्रो स्थानमा
आएको छ । संयुक्त राष्ट्र संघअन्तर्गतको कृषि तथा खाद्य संगठन (एफएओ) का अनुसार छैटौं स्थानमा आएको नेपाली मसुरोको विश्व बजारमा ५ प्रतिशत हिस्सा छ ।अघिल्लो वर्षको दाँजोमा गत वर्ष मसुरो उत्पादन ३६ दशमलव ३१ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष नेपालले २ लाख ६ हजार ८ सय ६९ टन उत्पादन गरेको थियो ।
विश्वमा सबैभन्दा धेरै मसुरो उत्पादन गर्ने मुलुकमा क्यानडा, भारत, अस्ट्रेलिया र अमेरिका छन् । अमेरिकापछि नेपाल पर्छ । सन् २०१० मा नेपालले १ लाख ५१ हजार ७ सय ५७ टन मस...ुरो उत्पादन गरी पाँचौं स्थानमा परेको थियो । सन् २००७ मा नेपालको स्थान तेस्रंो थियो । त्यसबेला नेपालले १ लाख ६१ हजार १ सय ४७ टन उत्पादन गरेको थियो ।

समुचित प्रबिधि र एसको क्षेत्र अझ विस्तार गर्ने हो भने राम्रो निर्यात जन्य बस्तु को रुपमा प्रतिस्थापन गर्न सकिन्छ । एसको ठुलो माग बंगलादेश मा छ , तर हामी एसको खपत ठुलै मात्र मा गर्छौ। धेरै भारत बाट आयात गरिन्छ । उचित बजार र सहि मुल्य पाउन नसक्दा हाल एसको खेति मा धेरै किसन उत्साहित देखिदैनन । तराई र केहि पहाडी भेग एसको मुख्य उत्पादन क्षेत्र भएनी ति क्षेत्र मा एसको खेति बढ्नु भन्दा घट्दो छ।
by Rajendra Devkota
by Rajendra Devkota
प्रतिक्रिया दिनुहोस् >>