दल दर्ता गर्ने तयारीका क्रममा चुरेमा नेतृत्व विवाद
आफू नै चुरेभावरको अध्यक्ष भएको निरौलाको भनाई
चुरेभावर राष्ट्रिय लोकतान्त्रिक पार्टीको अध्यक्ष पदबाट आफूलाई ननिकालिएको र आफू नै आधिकारीक अध्यक्ष भएको भुमिराज निरौलाले दावी गरेका छन् । उनले आफूलाई कार्यवाहक अध्यक्ष भनेको भन्दै रामबहाला श्रेष्ठले पार्टीको लेटरप्याड दुरुपयोग गरेको दावी गरेका छन् ।
विहीबार जारी विज्ञप्तीमा भनिएको छ, ‘पार्टीमा काम गर्छु भन्दै आएका रामबहाला श्रेष्ठ एकसातामै कार्यवाहक अध्यक्ष भन्दै मिडियाको ढोका चहारिरहेका छन् । उनको कुनै पनि पदीय हैसियत थिएन । तर कसैको उक्साहटमा व्यक्तिगत र पार्टीको छवि बिगार्दै हिँडेका उनले मिडियालाई उपयोग गर्दै मविरुद्ध नकारात्मक प्रचारवाजी गर्दै गएका छन् ।’
कार्यवाहक अध्यक्ष भन्दै लेटरप्याड दुरुपयोग गरेपछि पदाधिकारी बैठकले उनलाई यअसघि नै निश्कासन गरेको निरौलाको दावी छ ।
आफूलाई कारबाही गरेको भन्दै झुटो प्रचारवाजीमा उत्रिएको उनको दावी छ । निर्वाचन आयोगमा दर्ताका लागि पार्टी नेतृत्व जिल्ला जिल्लामा हस्ताक्षर संकलन तथा संगठन सुदृढिकरणमा व्यस्त भएका बेला आफू विरुद्ध दुष्प्रचार गरिएको उनको गुनासो छ ।
यसअघि श्रेष्ठले निरौलालाई पार्टीले निकालेको भन्दै विज्ञप्ती जारी गरेका थिए । नेतृत्वका लागि विवाद चर्किँदै गएपछि पार्टीको दल दर्ता अभियानमा समेत बाधा उत्पन्न हुने देखिएको छ ।
काठमाडौं, जेठ २
हेर्नुहोस् यो पनि : चुरेभावरका निष्काशित अध्यक्षले धम्की दिएको आरोप / पद र पैसाको दुरुपयोग गरेकोले हटाइयो: चुरेभावर
प्रतिक्रिया दिनुहोस् >>