बन्दको आंशिक प्रभाव : दर्जन बढी पक्राउ


सद्भावना पार्टीको बन्दका कारण पुर्वी तराइको जनजीवन आंशिक मात्र प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक बसहरु चलेका छैनन् । यद्यपी बजार, पसल तथा उद्योगहरु खुला छन् । सुनसरीको इनरुवा, पकली लगायतका ठाउँमा बन्दकर्ताहरु बाटो अवरुद्ध गर्न बसेका छन् ।
विहानै बन्दकर्ताहरु पक्राउ गरेपछि बन्द प्रभावहिन बनेको हो । इटहरीबाट ८ जना र इनरुवाबाट सद्भावना अध्यक्ष देवनारायण यादवसहित ४ जना पक्राउ परेका छन् ।
निर्वाचनको मिति तुरुन्त घोषणा गर्नुपर्ने, शान्ती सुरक्षाको व्यवस्था गर्नुपर्ने, जिल्लामा भएका भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, विकास निर्माणमा जोड दिनुपर्ने लगायतका माग गर्दै सद्भावना पार्टीले आन्दोलन थालेको थियो । सोक्रममा पार्टीका दुई जना केन्द्रिय सदस्य १० दिनदेखि आमरण अनसन समेत बसेका छन् ।
baisakh 29


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>