jokes
Posted by
purwanews
Published on
Saturday, May 11, 2013
जोक्स समय समयमा थपिइरहन्छ । हेर्दै गर्नुहोला पूर्वन्युज डटकम
शेरेको पत्नीसँग डिभोर्स नमस्ते मोबाईलले यसरी गराईदिएछ ।
पत्नी (sms):- हेल्लो बेबीशेरे (sms):- हेल्लो स्वीटहार्ट.... (sms sending failed)
पत्नी (sms): अहिले कहाँ छौ तिमी ?...
शेरे (sms):- म अफिसमा छु. (sms sending failed)
पत्नी (sms):-के तिमी म सँग रिसाएका छौ या अरु कुनै कुराले दुखि छौ ..?? शायद तिमीले मलाई माया नै गर्दैनौ होला
शेरे (sms): स्वीटहार्ट यस्तो केहि होईन के ..आई लव यू सो मच (sms sending failed)
पत्नी (sms ): अब धेरै भयो । म यो भन्दा धेरै सहन सक्दिन । अब देखि तिमी म सँग कुरा पनि नगर ।
शेरे (sms):- त्यसो हो भने जा मर कूकुर्नी !!
(SMS Sent successfully)
===
शेरे आफ्नो प्रेमिकाको घरमा गएछ र प्रेमिकाको आमालाई भन्यो: म तपाइकी छोरीलाई विगत 16 वर्ष देखि प्रेम गर्छु ।
आमा: अनि तिमी के चाहन्छौ त?
शेरेः म उनीसँग बिहे गर्न चाहन्छु ।
आमाः (लामो सास तान्दै) धन्य भगवान, मैले त तिमीले पेन्सन माग्न लाग्यौ कि भन्ने सोचेकी थिएँ ।
===
एकपटक शेरे र शेरेको बाउ शेरेको लागि केटि माग्न गए
बाटोमा शेरेको बाउले शेरेलाई भन्यो :- हेर छोरा केटिको बाउले तलाइ साइकल को कुरा गरे भने तैले मोटरसाइकलको कुरा गर्नु ,, मोटरसाइकल को कुरा गरे भने तैले कारको कुरा गर्नु उसले जे को बारेमा कुरा गर्छ तैले त्यो भन्दा ठुलो चिजको कुरा गर्नु है
शेरे :- तपाई चिन्ता नलिनु बुबा म तेस्तो मुला कुरा त मिलाएर गरि हाल्छु नि
दुवै केटिको घरमा पुगे अनि केटि को बाउले शेरेलाई भने : तपाइलाई मेरी छोरी दिनु पर्ने होइन ?
शेरे (अलिक कुरा बढाएर) :- छोरी होइन मलाइ छोरीको आमा चाहियो!!
===
काठमाण्डौ पढ्न गएको छोराले आफ्ना बाबुलाई एउटा चिठि पठाएछ तर त्यो चिठि पढ्न छिमेकिलाई लगाएछ, जुन चिठिमा यस्तो थियो : "बुबा मलाई यहाँ ज्यादै शुन्य लागिरहेको छ, त्यसैले मेरो वाईफ पठाईदिए मलाई शुन्य हुने थिएन बुबा "
उक्त कुरा सुनेर बाउले छिमेकिलाई सोधेछ : "यो वाईफ भनेको चै के हो बाबु?"
छिमेकि : "के हुनु र रेडियो त होला नि शुन्य हुँदा रेडियो बजाए शुन्य हट्छ क्या ।"
त्यसपछि बाउले छिमेकिलाई चिठिको उत्तर लेख्न लगायो जून उत्तर यस्तो थियो : "छोरा मैले तेरो वाइफ पठाउन सकिन किन भने यहा पनि मलाई ज्यादै शुन्य लाग्छ मेरो वाईफले राम्रो काम दिन छोड्यो र म तेरो वाईफ चलाउदै छु दुख नमान छोरा":...............
===
शेरेले केहि काम नपाएपछी कपाल काट्ने दोकान खोलेछ । एक दिन तक्मेबुढो दाह्री काट्न गएछ ।
तक्मे बुढो: ए झुसे मेरो जुँगा राख्देउ है ।
शेरे: हुन्छ ।
शेरेले पहिल्यै तक्मेबुढोको जुँगा काटेछ र भनेछ :
यि लिनुस, जुँगा आफै राख्नुस ।
प्रतिक्रिया दिनुहोस् >>