इरानमा ४० वर्षयताकै शक्तिशाली भुकम्प : ४० बढीको मृत्यु
Posted by
purwanews
Published on
Tuesday, April 16, 2013
इरानमा विगत ४० वर्ष यताकै शक्तिशाली भुकम्प गएको छ । भूकम्पमा परी ४० बढी मानिसको मृत्यु भएको जनाइएको छ ।
पश्चिम इरानलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको केन्द्र पाकिस्तानी सीमामा रहेको खाश शहरभन्दा ८३ किलोमिटर पूर्वदक्षिणमा छ । भूकम्पको धक्का पाकिस्तानको कराँची र क्वेटा शहरमा समेत सहसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्र सञ्चारबाट बिच्छेद भएको छ भने उद्दार तथा राहत टोली खटिएको छ ।
यसअघि १० अप्रिलमा गएको ६ दशमलब ३ रेक्टर स्केलको भूकम्पका कारण ३७ जनाको मृत्यु भएको थियो भने ८ सय ५० घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>