सुन दुई वर्षयताकै सस्तो
पछिल्लो दुई वर्षमा सुन सबैभन्दा सस्तो भएको छ । सुनको भाउ सोमबार र मंगलबार गरेर ६ हजार ३ सय रुपैयाले घटेपछि सुनको मूल्य प्रति तोला ४९ हजार ५ सय कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि नेपालमा पनि भाउ घटेको हो । सोमबार नेपाली बजारमा ५२ हजार ५ सयमा प्रति तोला सुनको कारोबार भएको थियो । सुनको मूल्य अझै घट्न सक्ने सम्भावना छ ।
भाउ एक्कासी घटेपनि पुर्वका ठूला सहरहरुमा सुन किन्न भीड देखिँदैन । ओरालो लाग्ने क्रममा रहेको सुनको मुल्य अझै घट्छ कि भनेर उपभोक्ताहरु पर्खिरहेका छन् । तथापी व्यवशायीले भने अहिले कायम मुल्यमा समेत सुन दिन आनाकानी गरेका छन् । महँगोमा किनेर सस्तोमा बेच्नुपर्ने अवस्था उत्पन्न भएपछि विभिन्न बहाना बनाउँदै सुन बेच्न आनाकानी गरेका हुन् । कतिपयले पसल नै बन्द गरेका छन् ।
नेपालमा सुनको मुल्य २०६९ माघमा सबैभन्दा बढी पुगेको थियो । माघमा सुन प्रतितोला ६१ हजार ८ सय ५० रुपैयाँसम्म कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस् >>