शरीरभन्दा तीन गुणा भारी टाउको
Posted by
purwanews
Published on
Wednesday, April 17, 2013
जन्मेको २२ दिनपछि शिशुको टाउको अचानक बढ्न थाल्यो, सबै आत्तिए । ठिकठाक रुपमा जन्मेको पहिलो सन्तानमा स्वास्थ्य समस्या देखिएपछि बाबु खड्गबहादुर आलेले श्रीमती उत्तरकुमारीलाई घरबाट निकालिदिए । आर्थिक रुपमा दयनीय परिवारमा घरबाट विस्थापित भएकी उदयपुर लेखानी ८ की उत्तरकुमारी आले माइतीको शरणमा पुगिन् ।
बोली नआउने र कान पनि नसुन्ने उत्तरकुमारी अहिले मावली बोजु धनमाया पिठाकोठे मगरको सहयोगमा धरानस्थित वीपी प्रतिष्ठानमा छोराको उपचारको लागि आएकी छिन् । काठमाण्डौका अस्पतालमा उपचारको लागि पु¥याएपनि खर्च अभावले केही सीप नचलेपछि उनी प्रतिष्ठान आएकी हुन् ।
बच्चा अहिले सातवर्ष पुगिसकेको छ । शरीरको तौल भन्दा टाउकोको तौल तेब्बर बढी छ । कैयौं पटक धामी झाँक्री लगाएपनि निको नभएको धनमायाले बताइन् । बालकको टाउको अत्यधिक ठूलो भएकाले हिड्डूल गर्न सक्दैन । बोलीसमेत नभएका बालकले हातखुट्टा भने सामान्य चलाउन सक्छ । खाना र पानी पनि खान गाह्रो हुने छोराको उपचारका उनले सहयोग मागेकी छिन् ।
नवराज विष्ट÷धरान
प्रतिक्रिया दिनुहोस् >>