प्रतिष्ठानमा शिक्षकद्वारा दुव्र्यवहार

शिक्षकले माफी मागेपनि विद्यार्थीले दिएनन्
शिक्षाको उज्यालो देखाउने शिक्षकले विद्यार्थीलाई कक्षा कोठामै यौनजन्य दुव्र्यवहार गर्न थालेपछि अवस्था कस्तो होला ?
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दन्तचिकित्सा अध्ययनरत विद्यार्थीहरु प्राध्यापकको यस्तै ज्यादतीविरुद्ध केही दिनदेखि आन्दोलनमा छन् । दुव्र्यवहार गर्ने शिक्षकले माफी मागेपनि उनीहरु शिक्षकले राजिनामा नै गर्नुपर्छ भन्दै विरोधमा उत्रिएका छन् ।
विडिएस अध्ययनरत २ सय ४० विद्यार्थीहरुले विगत १५ महिना देखि एसिस्टेन्ट प्रोफेसर डा धिरेन्द्र गिरीबाट अनावश्यक शारीरिक मानसिक र यौन हिंसाबाट आतंकित बनाएको भन्दै शिक्षक गिरीको राजिनामा माग्दै आन्दोलन गरेका हुन् ।
विद्यार्थीहरुले कक्षा बहिष्कार गरेर आन्दोलित भएपछि दन्तचिकित्सा विभाग पूर्णरुपमा प्रभावित भएको छ । विडिएस गरेका इन्र्टन विद्यार्थीहरु समेत आन्दोलित भएपछि दाँतका उपचार गर्न आउनेहरु पनि प्रभावित भएका छन् ।
चिकित्सा शास्त्रको उच्च शिक्षा पढाउने शिक्षक डा गिरीले सामान्य निहुँ निकालेर विद्यार्थीलाई कक्षा कोठामा अन्य विद्यार्थीका सामु कान समाएर उठबस गराउने, चक डस्टर, साइन पेनको झटारो हान्ने, छात्राहरुका सामु कक्षामै यौनजन्य चुट्किला सुनाउन लगाउने भएपछि आन्दोलित भएको पिडित विद्यार्थीहरुले बताए । विद्यार्थीहरुले डा गिरिलाई निस्कासन नगरे दन्त चिकित्सक महाविद्यालयमा अध्ययनरत २ सय ४० जनाले सामुहिक रुपमा प्रतिष्ठान छाड्ने चेतावनी दिएका छन् ।
विद्यार्थीहरुले डा गिरिसँग सिकाउन र बुझाउन सक्ने क्षमता र व्यावहारिक ज्ञान नभएको भन्दै राजिनामा माग गरेका छन् ।
दन्त चिकित्सा महाविद्यालय  प्रभावित भएपछि प्रतिष्ठानले परीक्षा डिन प्रा. डा. ध्रुव उप्रेती, प्राडा शैलेस अधिकारी र प्रसासकीय अधिकृत रामप्रसाद प्याकुरेल रहेको तीन सदस्यीय गोप्य छानवीन समिति समेत गठन गरिएको थियो । उक्त गोप्य छानविन समितिले कार्यकारिणी समितिलाई प्रतिवेदन समेत बुझाइसकेको छ ।
प्रतिष्ठानले प्रतिवेदनअनुसार कारवाही गरिएको जनाएको छ । प्रतिष्ठानले डा गिरीले दन्तचिकित्सा महाविद्यालयमा अध्ययनरत रहेका हाल पिडित भनिएका विडिएस तेश्रो र चौथो बर्षका व्याचलाई भविष्यमा पनि पढाउन निषेध गरेको जनाएको छ । उनले उक्त व्याचका विद्यार्थीको कुनै पनि परीक्ष्ाँ लिन नपाउने गरी कारवाही गरेको जनाएको छ । तर विद्यार्थीहरुले नमाने पछि आइतबार फेरि वार्ता गरी समस्या समाधान गर्ने शिक्षाध्यक्ष प्राध्यापक डा विक्रम श्रेष्ठले बताए ।
आफ्नो गल्ती स्वीकार गर्दै प्राध्यापक गिरीले माफी मागेपनि विद्यार्थीले माफी दिएका छैनन् । गिरीले आइन्दा दुव्र्यवहार नगर्ने भन्दै माफी मागेपनि विद्यार्थीहरुले भने गिरीको राजिनामा नै अन्तिम विकल्प भएको भन्दै मानेका छैनन् ।
समस्या समाधान गर्ने विषयमा शुक्रबार पनि इटहरीमा वार्ता भएको थियो । वार्तामा विद्यार्थीहरुले राजिनामा मात्रै अन्तिम विकल्प भएको बताएपछि विना निष्कर्ष वार्ता टुंगिएको हो ।
विद्यार्थीहरु डा. गिरीले नैतिक रुपमा राजिनामा दिएको हेर्न चाहान्छन् तर, डा. गिरीले राजिनामा दिने पक्षमा उभिएका छैनन् । जसका कारण आन्दोलन लम्बिन सक्ने अनुमान गरिएको छ ।
वार्तामा शिक्षाध्यक्ष प्राडा. विक्रम श्रेष्ठ, रजिष्टार नन्दबहादुर थापा, अस्पताल निर्देशक डा. अरविन्दकुमार सिंह, परीक्षा डिन ध्रुव उप्रेती सहभागी थिए ।
यसैवीच मेडिकल एण्ड डेन्टल साइन्सेज वेल्फेयर सोसाइटी ले विज्ञप्ती जारी गर्दै डा गिरीमाथि लगाइएको आरोप सरासर गलत भएको जनाएको छ । सोसाइटीले सतहीरुपमा गरेको छानवीन समितिले बुझाएको प्रतिवेदनको आधारमा डा गिरीलाई पठन पाठनबाट बन्चित गर्ने कारवाही फिर्ता लिन पर्ने माग गरेको छ । ६ नवराज-भोजराज, वैशाख/धरान


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>