आज र भोलि भिटामिन ए खुवाइने


 स्वास्थ्य मन्त्रालयले नियमित कार्यक्रमअन्तर्गत देशका पचहत्तरै जिल्लाका बालबालिकालाई शुक्रबार र शनिबार भिटामिन ए र जुकाको औषधि खुवाउने जनाएको छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका करिब ३७ लाखलाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि ५ वर्षसम्मका करिब ३४ लाखलाई जुकाको औषधिसमेत खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार बिहानदेखि मुलुकको सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएको केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइएको छ । शुक्रबार उक्त औषधि खान छुटेका बालबालिकाका लागि मात्र शनिबार खुवाइने महाशाखाले जनाएको छ । कार्यक्रममा ५३ हजार महिला स्वास्थ्य स्वयंसेवीको प्रत्यक्ष संलग्नता रहने महाशाखाले जनाएको छ । राष्ट्रसंघीय बालकोष (युनिसेफ) का अनुसार नियमित रूपमा यो कार्यक्रम सञ्चालन भएयता हरेक वर्ष झन्डै १२ हजार बालबालिका अकाल मृत्युबाट बाँचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>