खडेरी

  • वर्षमा चार लाख विद्यार्थी व्यवस्थापन विषयका विभिन्न तहमा उत्तीर्ण हुन्छन् । तर मार्केटिङ गर्न चाहँदैनन् । भन्छन्, बैंक र सहकारीमा पाइयो भने काम गर्ने, नत्र विदेश जाने ।
  • देशभरका इन्स्टिच्युटहरुले दुई लाख बढी विद्यार्थीलाई ग्राफिक डिजाइन सिकाउँछन् । तर डिजाइन गर्ने मानिस खोज्दा पाइँदैन ।
  • रेडियोमा बोल्नको लागि तालिम लिने युवायुवतीको भीड छ । तर कार्यक्रम राम्रो चलाउने इच्छाशक्ति र मेहेनत छैन ।
  • प्रेस पास लिने अनि आफूलाई पत्रकार भनेर चिनाउने पत्रकार हरेक १० जनाको भीडमा एक जना हुन्छ, तर राम्रो लेख्ने मानिसको अभाव छ ।
  • दल फुटाउँदै गाउँ, नगर अनि जिल्लाको नेता हुँ भन्दै छाती फुलाउनेहरु धेरै भेटिन्छन्, तर उनीहरुको नेतृत्वले गाउँ, ठाउँको विकास भन्दा पनि भ्रष्टाचारलाई मद्धत पुग्छ ।
  • भारतीयहरु आएर नेपालमा चटपटे बेच्छन्, महिनाको ३० हजार कमाउँछन् । कारखाना, प्रेसको मेसिन चलाएर महिनाको ३०–४० हजार थाप्छन्, तर नेपालीहरु २० हजार रुपैया कमाउन विदेशिन्छौं ।
  • देशकै ठूला व्यापारी, कलाकार र राजनीतिज्ञहरुले अहिले तरकारी खेती, पशुपालन थालेका छन् । तर हामीलाई आफ्नो बारीको काम गर्न पनि लाज लाग्छ र जागिर खोजिहिड्छौं ।
  • हामीले इलेक्ट्रिसियन तालिम लियौं भने घरमा पंखा जोड्न इलेक्ट्रिसियन बोलाइरहनुपर्दैन । कम्प्युटरमा टाइप गर्न जान्यौं भने अरुलाई गुहार्नुपर्दैन । तर हामीलाई त्यही काम गर्न लाज लाग्छ ।
  • साँच्चै, हामीले आफ्नो सोँच र काम गर्ने तौर तरिका परिवर्तन गर्नुपर्ने बेला भएको छ । मेहेनतले मानिस चिनाउने हो । प्लसटु पास गरेर जागिर खाने मानसिकतालाई नत्यागेसम्म न आफू बन्छौं, न समाज बन्छ ।
खान नपाएर मरिँदैन स्वदेश
चढ्दा चढ्दै भैमा झरिँदैन स्वदेश
उम्रिँदाउम्रिदै पसिना सुक्छ यहाँ
मरेसी नालामा सडिँदैन स्वदेश
युगपथ
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>