पानी समस्याको समाधान खोज्दै धरान


एडिविले खानेपानीका लागि एक अर्व ७३ करोड रुपैया ऋण तथा अनुदान दिने सम्झौता गरेपछि धरानमा खानेपानी परीयोजना सुरु भएको छ तर तत्काल खानेपानीको लागि वैकल्पिक उपाय नहँुदा ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् धरानवासीहरु ।
धरानमा पानीको समस्या वर्षौंअघिको हो । पानीको स्रोत सिमित हुनु तर जनसंख्या बढ्दै जानुले माग अनुसारको आपूर्ती नहुँदा पानीको अभाव चुलिएको हो । सुुख्खायाममा त पानीका सिमित स्रोतहरु पनि सुक्ने हुँदा पानीको निकै समस्या पर्ने गरेको छ । धरानमा पानी समस्याको दीर्घकालिन समाधान खोज्न एडीबी गुहारिएपछि अहिले परियोजना निर्माणाधिन अवस्थामा छ ।
एडीबीले दिएको सहयोगले चार वर्षपछि धरानमा पानीको माग धान्ने धरान नगरपालिकाका परियोजना प्रमुख इन्जिनियर राजु पोखरेल बताउँछन् । परियोजनाले धरानमा नयाँ ५ हजार र पुराना १२ हजार धारामा दैनिक १६ घण्टा नियमित खानेपानी आपुर्ती गर्ने उनले बताए । पोखरेलले भने, ‘हाल नेपाल खानेपानी संस्थानले दैनिक सरदर एक करोड नौ लाख लिटरको दरले पानी आपूर्ती गरेको छ, तर माग भने दैनिक दुइ करोड लिटरको छ ।’ सन २०१७ मा योजना पुरा भएपछि दैनिक दुइ करोड ३० लाख लिटर खानेपानी आपुर्ती हुने उनले बताए ।
एसियाली विकास बैंकको आर्थिक अनुदान र ऋण सहयोगमा धरानको खानेपानी परियोजना सन २०१७ डिसेम्बर सम्ममा सम्पन्न गर्न यस अघि इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्याण्ट प्राली नयाबानेश्वरसंग प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्ट्याण्ट रुपमा र विल्डिङ डिजाइन अथोरिटी विडिए प्रालिसंग परामर्शदाताको रुपमा सम्झौता भइसकेको छ । यसैगरी खानेपानी परियोजना अन्तर्गतकै सामुदायिक विकास कार्यक्रमको लागि गैरसरकारी संस्था इन्टीग्रेटेड रुरल डेभ्लोपमेन्ट सेन्टर नेपाल नया बानेश्वरस“ग अन्तिम सम्झौता गर्न एडिविको कार्यालयमा पठाइको छ ।
द आर्ट अफ लिभिङले पानी बाड्यो
अन्तराष्ट्रिय योग तथा आध्यात्मिक संस्था “द आर्ट अफ लिभिङ” ले धरानका सुकुम्बासी तथा भूमिहीन परिवारका लागि निःशुल्क खानेपानी वितरण अभियान थालेको छ । संस्थाले आइतबार धरान १७ स्थित साउने वस्तीका ३ सय घर परिवारलाई १८ हजार लिटर खानेपानी वितरण ग¥यो ।
“पानी बा“ड्नु पुण्य कमाउनु हो” द आर्ट अफ लिभिङ धरानका भोलिन्टियर गोपाल कामतले भने, “पानीको समस्या भोग्दै आएका सुकुम्बासी भूमिहीन तथा सर्वसाधारणलाई पानी बा“ड्ने अभियानमा छौ“ ।”
नवराज विष्ट, धरान

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>