बुढासुब्बाको उपाधि हङकङलाई

१५औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि हङकङ नेपाली महासङ्घले जितेको छ। पहिलोचोटी बुढासुब्बा गोल्डकप प्रयोगितामा सहभागी हङकङ नेपाली महासङ्घ टिमले उपाधीसँगै रु तीन लाख २५ हजार नगदसमेत हात पारेको छ।
नेपाल आर्मी भने उपविजेतामा नै चित्त बुझाउनुपर्‍यो। आर्मीले उपविजेतासँगै रु एक लाख २५ हजार नगद प्राप्त गरेको छ। मोफसलको सबैभन्दा बढी पुरस्कार राशि रहेको सो प्रतियोगिता उपाधी रक्षाका लागि मैदानमा उत्रिएको नेपाल आर्मी टिमका तर्फबाट पहिलो हाफको सातौँ मिनेटमा भरत खवासको पासमा टेकबहादुर बुढाथोकीले पहिलो गोल गरे पनि उपाधि जित्न सकेन।
खेलको १८औं मिनेटमा हङकङ नेपाली महासङ्घका केल्भिनले जवाफी गोल गर्दै खेल १-१ गोलको बराबरीमा पुर्‍याएका थिए। दुवै टिमको १-१ गोलको अन्तरमा पनि पहिलो हाफको खेल समाप्त भएको थियो।
उपाधीका लागि भिडेका नेपाल आर्मी टिमविरुद्ध दोस्रो हाफको ७९ औँ मिनेटमा हङकङ नेपाली महासङ्घका डोडोजले निर्णायक गोल गर्दै बुढासुब्बा गोल्डकपको उपाधीमाथि आफ्नो टिमको कब्जा सुनिश्चित पारेका थिए। 
दोस्रो हाफमा नेपाल आर्मी टिमका लागि प्राप्त पेनाल्टीको अवसरलाई राजु तामाङले विफल गरेपछि नेपाली सेनाका लागि यो उपाधी जित्ने अवसर गुम्न पुगेको थियो। नेपालका छ तथा विदेशी दुई टिमको सहभागिता रहेको १५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्वा गोल्डकप प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष गणेश थापाले उपाधी, नगद पुरस्कार र ट्रफी वितरण गरेका थिए। 
इटहरी/चैत ३१


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>